गड्यौलाकाे मल बिक्रीबाट २५ लाखसम्म आम्दानी गर्दै वली
दाङ । तुलसीपुर उपमहानगरपालिका–३ भट्टेका कर्णबहादुर वलीले गड्यौलाको मल उत्पादनबाट वार्षिक रु २२ देखि २५ लाखसम्म आम्दानी गर्दै आएका छन् । उनी गड्यौलाको मल बिक्री गरी मनग्य आम्दानी गर्न सफल भएका हुन्। राष्ट्रिय अनुसन्धान कार्यालयमा २८ वर्षसम्म विभिन्न पदमा सेवा गरी स्वेच्छिक अवकाश लिएका वली अहिले गड्यौलापालक किसानका रूपमा स्थापित भएका छन् ।
विसं २०७९ मा ४० किलो गड्यौला कपिलवस्तुबाट ल्याएर व्यावसायिक पालन सुरु गरेका उनले जिल्लास्थित कृषि ज्ञान केन्द्र घोराहीले आर्थिक वर्ष २०७९/८० सञ्चालन गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत भट्टे सहकारी संस्थालाई तरकारीखेती गर्नका लागि बजेट प्राप्त भएपछि अर्गानिक उत्पादनको मार्ग खोज्न थालेको बताए ।
“माटोमा सुधार ल्याउन र नागरिकलाई अर्गानिक खेतीमा आकर्षित गराउन प्राङ्गारिक मलको खोजी गर्न थाल्यौँ । जिल्लामा त्यास्तो प्रयोग कतै नभेटिएपछि कपिलवस्तुबाट तीन हजार क्विन्टल गड्यौलाको मल ल्याएर तरकारीखेती सुरु गर्यौँ”, वलीले भने, “यसरी खेती गर्दा उत्पादन राम्रो भयो अनि आफू पनि गड्यौलापालनतर्फ आकर्षित भएको हुँ ।”
अहिले वार्षिक रूपमा सात सय क्विन्टल मल र १२–१३ क्विन्टलसम्म गड्यौला बिक्री भइरहेको वलीले जानकारी दिए । उनका अनुसार अनुसार मल प्रतिक्विन्टल रु तीन हजार र गड्यौला प्रतिकिलो रु एक हजार २५० का दरले बिक्री भएरहेको छ ।
गड्यौला दाङ, रुकुम, रोल्पा, प्यूठान, कैलालीलगायत जिल्लामा जाने गरेको जनाउँदै वलीले मल विशेष गरी सल्यानको कोटमौलामा सुन्तलाखेतीका लागि जाने गरेको बताए । उनका अनुसार अहिले दुई जना स्थानीयले नियमित रोजगारी पाएका छन् भने खेतीको याममा २५ जनासममले रोजगारीको अवसर पाउने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सडक दुर्घटनामा चार जनाले ज्यान गुमाए, दुई घाइते
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण