मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

रवि र बालेनको एकतालाई स्वागत गर्दै प्रचण्डले भने– हामी पनि कम्मर कसेर लागेका छौँ

आइतबार, १३ पुस २०८२, २० : ५६
आइतबार, १३ पुस २०८२

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रास्वपा र बालेनबिच भएको ७ बुँदे सहमतिलाई स्वागत गरेका छन् ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार साँझ सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सहमतिको स्वागत गरेका हुन् । रास्वपा र बालेनबिच आज बिहान ७ बुँदे सहमति भएको थियो ।

सञ्चारकर्मीले रवि र बालेनबिच भएको सहमतिलाई कसरी हेर्नुभएको छ भन्ने प्रश्नको जवाफमा प्रचण्डले एकता र ध्रुवीकरण सकारात्मक भएको बताए । आफूहरू पनि एक दुई दिनमा ठुला दललाई भित्र्याउन कम्मर कसेर लागेको प्रचण्डले जानकारी दिए ।

'जसलाई मैले समर्थन गर्दै आएको थिएँ । उहाँहरूबिच एकता भएकोमा मलाई कुनै नयाँपन वा अनौठो लागेको छैन । निर्वाचनको मुखमा एकीकरण ध्रुवीकरण गर्नु भएको छ, त्यो स्वाभाविक छ । ज–जसले एकीकरण गर्नुभएको छ । धन्यवाद छ । सबैले शान्तिपूर्ण रूपमा निर्वाचन गरौँ’, प्रचण्डले भने, 'हामीहरुले चाहिँ १६ वटा पार्टीको एकता गर्‍यौँ । हुन सक्छ एक दुई दिनमा ठुलै पार्टी जोडिन सक्छन् । कम्मर कसेर लागेका छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप