हात्ती ‘पेनाल्टी’ प्रतियोगितामा लक्ष्मीकली प्रथम
चितवन । सौराहामा सम्पन्न १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२ अन्तर्गत आयोजित रोचक हात्ती ‘सिङ्गल पेनाल्टी लिग टुर्नामेन्ट’ (हात्ती फुटबल–पेनाल्टी सुटआउट) मा लक्ष्मीकली प्रथम भएकी छन् ।
कसरा पर्यटन व्यवसायी सङ्घकी लक्ष्मीकलीले प्रतियोगितामा कुल १२ अङ्क (गोल) प्राप्त गर्दै प्रथम स्थान हासिल गरेकी हुन् । प्रतियोगिताका क्रममा उनले सात ‘पेनाल्टी’ जोगाउन सफल भएकी थिइन् ।
महोत्सवअन्तर्गत हात्ती पेनाल्टी प्रतियोगिताका संयोजक विनोद तिम्सिनाका अनुसार क्षेत्रीय होटल सङ्घ नेपाल, चितवनकी बसन्तीकली (बी) दोस्रो भएकी छन् । उनले १० अङ्क प्राप्त गरिन् भने छ पेनाल्टी जोगाउन सफल भइन् ।
यसैगरी सौराहा जिप तथा डुङ्गा बुकिङ सेन्टरकी मारुतीकली नौ अङ्क प्राप्त गर्दै तेस्रो भइन् । उनी ११ पेनाल्टी जोगाउन सफल भइन् । छवटा हात्ती सहभागी प्रतियोगितामा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेडकी चम्पाकली छ अङ्कसहित चौथो स्थानमा रहिन् ।
उनले तीन पेनाल्टी जोगाइन् । रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल, सौराहाकी बसन्तीकली (ए) पाँचौँ स्थानमा रहिन् । उनले पाँच अङ्क प्राप्त गर्दै तीन पेनाल्टी जोगाइन् । निकुञ्ज सफारी प्रालिकी पूजाकली दुई अङ्कसहित छैटौँ स्थानमा रहिन् । उनले एक पेनाल्टी जोगाउन सफल भइन् ।
प्रतियोगिताको सदस्यहरूमा अवित गुरुङ र रोमन महतो रहेका थिए भने रेफ्रीको भूमिकामा भीष्म चौधरी र सान्ते चौधरी रहका थिए । महोत्सवका तीनै दिन हात्ती पेनाल्टी खेल आयोजना गरिएको थियो । तीन दिनको कुल अङ्कका आधारमा आज अन्तिम नतिजा सार्वजनिक गरिएको हो ।
क्षेत्रीय होटल सङ्घ चितवनको आयोजनामा सौराहा तथा चितवनको पर्यटन प्रवर्द्धनका लागि हरेक वर्ष हात्ती महोत्सव आयोजना हुँदै आएको छ । सौराहास्थित बाघमारा चौरमा आयोजित तीनदिने महोत्सवमा रत्ननगर नगरपालिका संरक्षक तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड सह–आयोजक रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण
-
कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो
-
लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु
-
चिकित्सकमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ
-
घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु
-
कुनै पनि अन्तर्राष्ट्रिय शक्तिप्रति अनावश्यक झुकाव नराख्ने रास्वपाको नीति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण