चितवनमा भूमिगत विद्युतीकरणको काम ८३ प्रतिशत
चितवन । भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम ८३ प्रतिशत सम्पन्न भएको छ । मुख्य राजमार्गका केही स्थानमा बाहेक अन्य क्षेत्रमा भूमिगतको काम सम्पन्न भएको हो ।
नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीका अनुसार महानगरपालिको मुख्य सहरी क्षेत्रअन्तर्गत हाकिमचोक, केन्द्रीय बस टर्मिनल, सहिदचोकदेखि वीरेन्द्र क्याम्पससम्म भूमिगत विद्युतीकरणको लाइन जडानको काम बाँकी रहेको छ ।
यहाँको काम ८३ प्रतिशत सकिएको जनाउँदै उहाँले पाइप जडान, डिभाइस जडान, फाउन्डेसन निर्माण लगायतका काम सकिएको बताए । बाँकी रहेको भूमिगतको कामसँगै घरमा जोड्ने काम पनि भइरहेको उनले जानकारी दिए । फागुन मसान्तसम्ममा काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
केन्द्रीय बस टर्मिनलदेखि गोन्द्राङसम्मको सडकमा पहिला ३३ केभिए लाइन मात्रै भूमिगत गर्ने भनिएको भए पनि अहिले थप गरी ११ केभिए र ४०० भोल्टको लाइनलाई भूमिगत गरिने उनको भनाइ छ ।
पछिल्लो सम्झौताअनुसार महानगरपालिकाभित्र चनौली लाइन जडानका लागि भरतपुर महानगरको मुख्य सहरी क्षेत्रमा भूमिगतमार्फत काम गर्दै लगिएको छ । महानगरभित्र विद्युतीय तार भूमिगत गर्नका लागि रु एक अर्ब ४० करोड लागत लाग्ने छ ।
सुरुवाती समयमा रु एक अर्ब ३० करोड बजेट भरतपुरलाई विनियोजन गरिएको थियो । काम थपिएसँगै रु १० करोड थप गरिएको हो ।
निर्माणको ठेक्का भारतको टाटा प्रोजेक्ट लिमिटेडले पाएको थियो । सन् २०२१ अक्टोबरदेखि ठेक्का सम्झौता गरी काम सुरु गरिएको हो । ठेक्का सम्झौताअनुसार पहिलो चरणको समय सन् २०२४ को जनावरी २० मा सकिएसँगै पटक–पटक म्याद थप गरेर काम अघि बढाइएको हो ।
एसियाली विकास बैङ्कको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी परिचालन
-
खैरो हेरोइनसहित एक जना पक्राउ
-
निःशुल्क विश्वकप हेर्न खोज्दा ११५ जनाले गुमाए २ करोड २९ लाख
-
झलनाथ खनालको आह्वान : वामपन्थी एकतालाई दीर्घकालीन रूपमा अघि बढाऔँ
-
प्रतिनिधि सभाबाट दुई विधेयक पारित, पूरा भयो बजेट प्रक्रिया
-
बजेट असारभित्रै पारित हुन्छ, सरकार ढल्दैन : मुख्यमन्त्री शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण