मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

नेपाली कम्युनिष्ट पार्टीका संयोजक दाहाल दिल्लीमा

आइतबार, २० पुस २०८२, २२ : २०
आइतबार, २० पुस २०८२

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भारतको नयाँ दिल्लीमा आयोजना हुने ‘एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम’मा सहभागी हुन आज साँझ त्यहाँ पुगेका छन् ।

नेपाली समाज भारतको आयोजनामा सोमबार हुने उक्त कार्यक्रममा उनी सहभागी हुने संयोजक दाहालको सचिवालयले जनाएको छ । नेपाली समुदायबिच आपसी सद्भाव, सहकार्य र साझा भविष्यप्रतिको प्रतिबद्धतालाई अझ सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेपाली समाजका महासचिव आरबी खड्काले जानकारी दिए ।

संयोजक दाहालले त्यस कार्यक्रममा नेपाली समुदायका साझा सरोकार, नेपाल–भारत सम्बन्ध, प्रवासी नेपालीका समस्या र अवसरका साथै एकता र सहकार्यबारे समसामयिक सन्देश प्रदान गर्ने सचिवालयले जनाएको छ । दाहाल सोमबार साँझ नेपाल फर्कने कार्यक्रम छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप