कांग्रेस राजनीति
कांग्रेस बैठकमा पूर्णबहादुरको ब्रिफिङ : विशेष महाधिवेशन पक्षधरले तीन वटा अडान छाडेनन्
बुधबार, ३० पुस २०८२, १५ : ०२
काठमाडौँ । नेपाली कांग्रेसका कार्यवहाक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशन पक्षधरले तीन वटा विषयमा आफ्नो अडान नछाडेको बताएका छन् ।
बुधबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा खड्काले विशेष महाधिवेशन पक्षधरले अडान नछाडेमा पार्टी जोगाउन मुस्किल हुने बताएको एक नेताले बताए ।
‘महामन्त्रीहरुले प्रधानमन्त्री घोषणा, देउवाजी राजनीतिबाट सन्यास र हाइकमाण्ड बनाउने कुरा छाडेनन्’, बैठकलाई ब्रिफिङ गर्दै खड्काले भने । अरु सबै माग पूरा हुने भएपनि तीन विषयमा सहमति हुन नसकेको उनको भनाइ थियो ।
अवस्था यही रहेमा पार्टी विभाजनमा जाने समेत खड्काको ब्रिफिङ थियो । उसो त बैठकमा गगनलाई चुनावपछि प्रधानमन्त्रीको उम्मेदवार बनाउन सकिने विषयमा भने छलफल चलिरहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण