टिकट पाएपछि शेरबहादुर तामाङको घोषणा : गाँजा र कोदोको रक्सीलाई वैधानिकता दिलाउन लड्छु
काठमाडौँ । नेकपा (एमाले) का नेता शेरबहादुर तामाङ आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने भएका छन् । पार्टीले उम्मेदवार बनाउने निर्णय गरेसँगै तामाङले मतदाताका नाममा पत्र लेख्दै आफ्ना भावी योजना र प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।
तामाङले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत उपलब्धि नभई सबैको विश्वास र साझा सङ्कल्पको प्रतिबिम्ब भएको बताएका छन् । उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को आकाङ्क्षा पूरा गर्न विभिन्न एजेन्डाहरू अघि सारेका छन् । जसमा भ्रष्टाचार अन्त्य र सुशासनका लागि सार्वजनिक पद धारण गर्नेहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने कानुन बनाउन पहल गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ ।
उनले सरकारी सेवा प्रवाहलाई चुस्त बनाउन ‘नो लाइन, अनलाइन’ को नीति अघि सार्दै सबै सरकारी सेवा अनलाइनबाट उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । यसैगरी, तामाङले गाँजा खेतीलाई वैधानिकता दिन संसद्मा लड्ने र कोदोको रक्सीलाई ब्रान्डिङ गरी अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सशक्त पहल गर्ने बताए । स्वास्थ्य बिमामार्फत शतप्रतिशत उपचारको ग्यारेन्टी गर्ने र घरायसी प्रयोजनको विद्युत् निःशुल्क बनाउन पहल गर्ने योजना पनि उनले अघि सारेका छन् ।
आफ्नो विगतको कार्यकालको समीक्षा गर्दै तामाङले जनताको सबै अपेक्षा शतप्रतिशत पूरा गर्न नसके पनि सिन्धुपाल्चोकवासीको शिर निहुराउने काम कहिल्यै नगरेको दाबी गरे । उनले बरु जीवनमा भोकै मर्ने तर भ्रष्टाचार गरेर देश र जनताको एक पैसा पनि नखाने कसम आफ्नो राजनीतिक जीवनको मार्गदर्शन रहेको उल्लेख गरेका छन् । आफू निष्ठा, इमान र पारदर्शितामा कहिल्यै नचुक्ने भन्दै उनले न्याय, सुशासन र विकासका लागि संसद्मा दृढतापूर्वक उभिने बताए ।
टिकट प्राप्त गरेपछि उनले एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शङ्कर पोखरेल र पार्टी पङ्क्तिलाई धन्यवाद दिँदै सूर्य चिन्हमा मतदान गरी सहयोग गर्न मतदाता, शुभेच्छुक तथा कार्यकर्तालाई अपिल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना शतप्रतिशत जितसहित समूह विजेता, अस्ट्रिया र अल्जेरिया पनि नकआउट चरणमा
-
बेन्चबाट आएर फेरि चम्किए मेसी, विश्वकपमा गोल संख्या १९ पुग्यो
-
मेसीको गोलसँगै अर्जेन्टिना जितनजिक
-
बाढी, पहिरो र मर्मतका कारण अवरुद्ध छन् यी राजमार्ग
-
मेसी मैदान प्रवेश गर्दा डलास स्टेडियम गुञ्जियो
-
जोर्डनले हान्यो पहिलो गोल, अर्जेन्टिनाको अग्रता कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण