समस्या राजनीतिक अस्थिरतामा र सामाजिक अराजकतामा छ : महासचिव पोखरेल
सारांश
- एमाले महासचिव शंकर पोखरेलले पपुलिजम र अराजकताले राज्य कमजोर बनाउने बताए।
- उनले नेपाललाई भूराजनीतिक द्वन्द्वबाट जोगाउन आलोचनात्मक सोच आवश्यक रहेको उल्लेख गरे।
- पोखरेलले राष्ट्रिय पहिचान, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउनुपर्ने धारणा राखे।
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पपुलिजमले सरल उत्तर बेचेर जटिल समस्यालाई ध्वस्त पार्ने र एनार्किजमले व्यवस्था नै दुस्मन ठान्ने बताएका छन् । साथै उनले दुवै मिल्दा राज्य कमजोर हुने र नागरिक विभाजित हुने तर्क गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा मंगलबार बिहान ‘आजको देशभक्तिको विषय’ भन्दै नेपाललाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बन्नबाट जोगाउन आलोचनात्मक सोच अपनाउनुपर्ने,तथ्य र भावनालाई छुट्याउनुपर्ने तथा असहमति लोकतान्त्रिक विधिमै राख्नुपर्ने बताएका हुन् ।
‘राष्ट्र जोगाउनु भनेको गौरवपूर्ण नेपाली पहिचान जोगाउनु हो,संविधान जोगाउनु भनेको समावेशिता जोगाउनु हो,सङ्घीय लोकतान्त्रिक गणतन्त्र जोगाउनु भनेको भविष्य जोगाउनु हो’, महासचिव पोखरेलले भनेका छन्,‘समस्या राजनीतिक अस्थिरतामा छ । सामाजिक अराजकतामा छ ।’
विश्वव्यापी रूपमा नै सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षाको विषय निकै संवेदनशील बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण