काठमाडौँकाे फुटपाथमा काम गरेर खाने मजदुरहरूको गाँस खोसिँदैन : गगन थापा
शनिबार, १७ माघ २०८२, १३ : ३३
सारांश
- कांग्रेस सभापति गगनकुमार थापाले युवाहरूलाई नेपालमै रोजगारी दिने प्रतिबद्धता व्यक्त गरे।
- उनले नेपाली युवाहरूलाई विदेश जान नपर्ने गरी वातावरण बनाउने बताए।
- उनले काठमाडौँका फुटपाथ व्यवसायीको भविष्य सुरक्षित गर्ने प्रतिबद्धता जनाए।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसको कार्यकालमा नेपाली युवाहरू विदेश जान नपर्ने गरी वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
काठमाडौँ क्षेत्र नम्बर ४ मा शनिबार गरेको कार्यक्रममा बोल्दै उनले नेपाली युवाहरूलाई नेपालमै काम उपलब्ध गराउने भन्दै विदेश जान नपर्ने गरी वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
उनले भने, ‘नेपाली युवाहरू अब विदेशमा भौँतारिनु पर्दैन। हामी नेपालमै युवाहरूलाई रोजगारी दिलाउने छौँ ।’ उनले काठमाडौँका फुटपाथमा सामान बेच्नेको भविष्य सुरक्षित हुने, कसैको बाँच्ने आधार नखोसिने बताए । ‘काठमाडौँमा अब कोही पनि फुटपाथमा काम गरेर खाने मजदुरहरूको गाँस खोसिँदैन’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समूह ‘के’ बाट कोलम्बिया, पोर्चुगल र डीआर कङ्गो अन्तिम ३२ मा
-
डीआर कङ्गोले रच्यो इतिहास, पहिलोपटक विश्वकपकाे नकआउट चरणमा
-
गोलरहित बराबरीसँगै कोलम्बिया र पोर्चुगल नकआउट चरणमा
-
डीआर कङ्गोका चर्चित फुटबल समर्थकलाई अमेरिकी भिसा अस्वीकृत
-
कङ्गोको पुनरागमन, उज्बेकिस्तानविरुद्ध २–१ को अग्रता
-
नेपालबाट भारततर्फ तस्करी हुँदै गरेको २ किलो अफिमसहित दुई नेपाली र एक भारतीय पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण