कर्णालीमा प्रतिपक्षले भन्यो, 'कांग्रेस—एमाले सरकार सञ्चालनमा पूर्ण रूपमा असक्षम भइसके'
सुर्खेत । कर्णाली प्रदेशमा प्रमुख प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सरकार सञ्चालनमा कांग्रेस—एमाले पूर्ण रूपमा असक्षम भइसकेको बताएको छ ।
सोमबार बसेको हिउँदे अधिवेशनको दोस्रो प्रदेश सभा बैठकमा नेकपाका सांसद तथा पूर्वमन्त्री कृष्णबहादुर जिसीले सरकार हरेक गतिविधिमा असक्षम बन्दै गएको बताए ।
‘सरकार तपाईँहरूकै बनाउनुहोस्,’ उनले थपे, ‘तर तपाईँहरू यति असक्षम भइसक्नुभयो कि, जति कुरा घुमाए पनि, जति कुरा ढाँटे पनि तपाईँहरूले सही सावित गर्न सक्नुहुन्न ।’
कांग्रेस—एमालेकै कारण कर्णाली प्रदेशमा दिनदिनै ठुलो क्षति भइरहेको आरोप लगाए ।
अहिलेसम्म बजेट कार्यान्वयनको गति निकै सुस्त रहेको, खेलकुद परिषद्को सदस्यसचिव प्रक्रिया जस्ता कुरामा सरकार गैर जिम्मेवार बनेको जिसीको भनाइ छ ।
सदस्यसचिव नियुक्तिको प्रक्रियामाथि नै उनले गम्भीर प्रश्न उठाए ।
‘सिफारिस समिति नै कमजोर रहेको, अङ्क पनि सार्वजनिक गर्ने जस्ता गैर जिम्मेवार काम सरकारबाट भएका छन्,’उनले थपे, ‘सरकारका यस्तै गतिविधिका कारण अराजकता मौलाएको, सङ्घीयतामाथि प्रश्न उठ्ने काम भएको छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोटीमा करेन्ट लागेर एक जनाको मृत्यु
-
फस्ट हाफमा जोर्डनविरुद्ध अर्जेन्टिना २–० ले अगाडि, अल्जेरिया–अस्ट्रिया बराबरीमा
-
पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध
-
ट्राफिक कारबाहीमा पाँच लाख ११ हजार राजस्व सङ्कलन
-
नक आउट चरणमा पोर्चुगल र क्रोएसिया भिड्ने पक्का
-
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण