रामेछाप दुर्घटनापछि आफन्तको आक्रोश : क्षतिपूर्ति माग्दै प्रशासन घेराउ
सारांश
- रामेछापमा भएको सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएपछि मृतकका आफन्तले जिल्ला प्रशासन कार्यालय घेराउ गरे।
- आफन्तहरूले उचित क्षतिपूर्तिको माग गर्दै नाराबाजी गरे, सामान्य झडप भए पनि स्थिति नियन्त्रणमा आएको छ।
- दुर्घटनामा अरनिको यातायातको गाडी संलग्न रहेको र मृतकका आफन्तहरूले क्षतिपूर्ति माग गरेका छन्।
मन्थली । रामेछापमा मंगलबार भएको सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएपछि मृतकका आफन्तहरूले बुधबार जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् ।
दिउँसो मन्थलीस्थित जिल्ला प्रशासन कार्यालय अगाडि भेला भएका आफन्तहरूले उचित क्षतिपूर्तिको माग गर्दै नाराबाजी गरेका थिए । प्रशासन घेराउका क्रममा सामान्य झडपसमेत भएको जनाइएको छ । यद्यपि बेलुकासम्म स्थिति नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका एक अधिकृतले जानकारी दिएका छन् ।
मंगलबार रामेछापमा भएको गाडी दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो । मृतकमध्ये अधिकांश लिखु तामाकोशी गाउँपालिका–बिजुलीकोटका स्थानीय रहेको जनाइएको छ ।
दुर्घटनामा संलग्न गाडी अरनिको यातायात सेवा समितिको मातहतमा रहेको बताइएको छ । मृतकका आफन्तहरूले समितिका जिम्मेवार व्यक्तिलाई उपस्थित गराएर उचित क्षतिपूर्ति सुनिश्चित गर्न माग गरेका थिए । तर समितिले बस काउन्टरका प्रतिनिधि मात्र पठाएर मागप्रति बेवास्ता गरेको आरोप आफन्तहरूको छ ।
उचित क्षतिपूर्ति नपाएको भन्दै आफन्तहरूले शव बुझ्नसमेत अस्वीकार गरेका थिए । साथै घाइतेहरूको उपचार प्रभावकारी ढंगले गर्नुपर्ने माग पनि उनीहरूले अघि सारेका छन् । प्रशासनले पीडित पक्षसँग वार्ता जारी रहेको जनाएको छ ।
मृतकका आफन्तले बुधबार बिहानबाट मन्थली–खुर्कोट सडकसमेत अवरोध गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण