‘गरिमा सुवर्ण योजना’ आउँदै, १ अर्बको योजनालाई धितोपत्र बोर्डको अनुमति
सारांश
- गरिमा विकास बैंकले पहिलो खुलामुखी सामूहिक लगानी कोष ‘गरिमा सुवर्ण योजना’ सार्वजनिक गर्ने भएको छ।
- नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात, यस योजना अन्तर्गत ५ करोड इकाईहरू सर्वसाधारणका लागि बिक्री खुल्ला गरिनेछ।
- यस योजनाको कुल आकार १ अर्ब रुपैयाँ बराबरको रहेको छ र लगानीकर्ताले १०० देखि ५० लाख इकाईसम्म आवेदन दिन सक्नेछन्।
काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले आफ्नो पहिलो खुलामुखी सामूहिक लगानी कोषको रूपमा ‘गरिमा सुवर्ण योजना’ सार्वजनिक गर्ने भएको छ।
गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो योजनालाई सार्वजनिक रूपमा निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृति प्रदान गरेको छ।
गरिमा विकास बैंक लिमिटेड कोष प्रवर्द्धक र बैंकको सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यस योजनाको कुल आकार १ अर्ब रुपैयाँ बराबरको रहेको छ।
धितोपत्र बोर्डबाट अनुमति पाएसँगै अब बैंकले पहिलो चरणमा ५ करोड इकाईहरू सर्वसाधारणका लागि बिक्री खुल्ला गर्ने तयारी गरेको छ।
प्रति इकाई १० रुपैयाँका दरले कुल ५० करोड रुपैयाँ बराबरको इकाई निष्काशन गरिने यस योजनामा लगानीकर्ताहरूले न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्मका लागि आवेदन दिन सक्नेछन्।
खुलामुखी योजना भएकाले यसमा लगानीकर्ताले योजना व्यवस्थापकबाटै इकाईहरू खरिद–बिक्री गर्न सक्ने सुविधा रहने कम्पनीले जनाएको छ ।
गरिमा विकास बैंकले यसअघि नै १ अर्ब २५ करोड रुपैयाँ बराबरको बन्दमुखी सामूहिक लगानी कोष योजना ‘गरिमा समृद्धि योजना’ सफलताका साथ सञ्चालन गरिरहेको छ। सोही क्रमलाई निरन्तरता दिँदै बैंकले नयाँ योजना ल्याउन लागेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण