बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नीर शाह निर्देशनमा कम ब्याक, थाले ‘कमला मिस’ को निर्देशन

शुक्रबार, ०१ फागुन २०८२, ११ : ५४
शुक्रबार, ०१ फागुन २०८२

सारांश

  • वरिष्ठ कलाकार निर शाह एक दशकपछि 'कमला मिस' फिल्म मार्फत निर्देशनमा फर्किएका छन्।
  • फिल्ममा मानव मनोविज्ञानका सूक्ष्म पाटोलाई केन्द्रमा राखिएको छ, जसमा शाहसँगै अन्य कलाकारको अभिनय रहनेछ।
  • विजय मल्ल स्मृति प्रतिष्ठानको प्रस्तुति रहेको फिल्मको छायांकन ललितपुरमा सुरु भएको छ।

काठमाडौँ । वरिष्ठ कलाकार तथा निर्देशक निर शाह फिल्म निर्देशनमा कम ब्याक भएका छन् । मनोवैज्ञानिक विषयवस्तुमा आधारित नयाँ फिल्म ‘कमला मिस’ मार्फत एक दशकपछि उनी निर्देशनमा पुनः सक्रिय भएका हुन् । शुक्रबार ललितपुरको इमाडोलस्थित न्यु मिलेनियम स्कुल परिसरमा विधिवत् शुभमुहूर्त गर्दै फिल्मको छायाङ्कन सुरु गरिएको छ ।

‘कमला मिस’ मा मानव मनोविज्ञानका सूष्म आयामलाई केन्द्रमा राखिएको छ । फिल्ममा निर्देशक शाहसँगै बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्तकुमार श्रेष्ठ, जयन्त रेग्मी मुख्य भूमिकामा देखिनेछन् ।

विजय मल्ल स्मृति प्रतिष्ठान द्वारा प्रस्तुत फिल्मको कार्यकारी निर्माता उमेश मल्ल र चैतन्य प्रधान रहेका छन् भने लाइन प्रोड्युसर पुष्कर लामा (प्रेम भोम्जन) छन् । फिल्मको कथा विजय मल्लको हो भने पटकथा तथा संवाद निर शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पारेका हुन् ।

शाहले यसअघि निर्देशन गरेका फिल्म ‘वासुदेव’, ‘पच्चिस वसन्त’, ‘राजमति’, ‘वसन्ती’, ‘मसान’, ‘सेतो बाघ’ पर्दछन् । अभिनयमा करिब ३ सयभन्दा बढी गरेका छन् । उनी अभिनीत पछिल्लो फिल्म ‘परान’ले बक्स अफिसमा करिब १८ करोड रुपैयाँ कलेक्सन गर्दै व्यावसायिक सफलता हासिल गरेको थियो । ‘कमला मिस’ मार्फत निर शाहले पुनः नेपाली दर्शकमाझ गहिरो वैचारिक संवाद स्थापित गर्ने अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप