सुदूरपश्चिम कांग्रेस संसदीय दलको बैठकले के गर्यो निर्णय ?
सारांश
- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह पक्षधर सांसदहरूको सहभागितामा संसदीय दलको बैठक बसेको छ।
- बैठकले सांसद मानबहादुर रावल र दिवानसिंह विष्टले दर्ता गराएको निवेदनका सम्बन्धमा छलफल गर्दै जेठ ८ गते गरिएको हस्ताक्षर स्वतः निष्क्रिय भएको ठहर गरेको छ।
- दलभित्र पूर्ण एकता कायम गरिने र सबै सांसदहरू जनताको हित र प्रदेशको समृद्धिका लागि दृढ र जिम्मेवार रहने निर्णय बैठकले गरेको छ।
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह पक्षधर सांसदहरूको सहभागिता संसदीय दलको बैठक बसेको छ।
मङ्गलबार आफू विरुद्ध १८ जना सांसद मध्ये ९ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएपछि मुख्यमन्त्री शाहले बुधबार दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाएका थिए। करिब साढे दुई घण्टा चलेको उक्त बैठकमा मुख्यमन्त्री शाहको समर्थनमा रहेका सांसदहरू मात्र उपस्थित भए।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेमध्येकी सांसद डम्मरी महरालाई आफ्नो पक्षमा पारेपछि शाहको पद अहिले सुरक्षित देखिएको छ। महराले अविश्वासको प्रस्तावबाट आफ्नो हस्ताक्षर फिर्ता लिँदै मुख्यमन्त्री शाहलाई नै समर्थन गर्ने स्पष्ट पारेकी छिन्।
आजको बैठकमा प्रमुख सचेतक विक्रमसिंह धामी, भौतिक पूर्वाधार विकास मन्त्री बहादुर सिंह थापा, आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट, सामाजिक विकास मन्त्री मेघराज खड्का, आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम, सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का र सांसदहरू डम्मरी महरा तथा मधुदेवी भारतीको सहभागिता थियो।
यता, अविश्वासको प्रस्ताव दर्ता गराउने पक्षका सचेतक गीता चौधरी, सचिव तुलसी देवकोटा, सांसदहरू देवानसिंह विष्ट, पदमबहादुर शाही, बेलबहादुर रानामगर, मानबहादुर रावल, ललिता सुनार र जुना कुमारी दानी भने बैठकमा अनुपस्थित रहे। सांसद प्रकाश देउवा हाल अमेरिकामा रहेका कारण सहभागी भएनन्।
बैठकले सांसद मानबहादुर रावल र दिवानसिंह विष्टले २०८१ जेठ १९ गते दर्ता गराएको निवेदनका सम्बन्धमा छलफल गर्दै जेठ ८ गते गरिएको हस्ताक्षर स्वतः निष्क्रिय भएको ठहर गरेको छ।
यसअघि जेठ १७ गते १२ जना सांसदहरूको उपस्थितिमा बसेको बैठकले वर्तमान सरकारले नै बजेट निर्माण गर्ने निर्णय गरिसकेकाले पुरानो हस्ताक्षरको औचित्य समाप्त भएको निष्कर्ष बैठकले निकालेको हो।
यस्तै मुलुकको वर्तमान राजनीतिक परिवेश र नेपाली कांग्रेसको ऐतिहासिक भूमिकालाई मध्यनजर गर्दै दलभित्र पूर्ण एकता कायम गरिनेछ। पार्टीभित्र देखिएका विमति र फरक मतहरूलाई आपसी संवाद, छलफल र सहमतिका माध्यमबाट समाधान गर्दै अगाडि बढ्नु नै उचित मार्ग भएको बैठकको ठहर छ।
सुदूरपश्चिम कांग्रेस संसदीय दल पूर्ण रूपमा एकताबद्ध रहेको दाबी गर्दै दलभित्रको एकतालाई अझ सुदृढ बनाउँदै जनताको हित र प्रदेशको समृद्धिका लागि सबै सांसदहरू दृढ र जिम्मेवार रहने निर्णय समेत बैठकले गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको महासंघको आरोप
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण