काठमाडौँ र दिल्लीतिर सुनिएका गड्याङगुडुङका आवाज त्यति प्रिय छैनन् : पूर्वप्रधानमन्त्री भट्टराई
सारांश
- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल-भारत सम्बन्धमा विकास साझेदारी र सभ्यता-संस्कृति जस्ता विषयहरूले दुवैतिर सकारात्मकता ल्याए पनि सामरिक सुरक्षा र राष्ट्रिय सार्वभौमसत्ता जस्ता गम्भीर पाटोहरूले सम्बन्धलाई जटिल बनाएको बताएका छन् ।
- उनले नेपाल-भारत सम्बन्धमा भारतीयहरूको 'सुरक्षाको मामिलामा हिमालको सेरोफेरो सबै मेरो' भन्ने सोच र नेपालीहरूको 'सिक्किमीकरण'को त्रासले सम्बन्धलाई सिसिफसको कथाजस्तै बनाएको टिप्पणी गरेका छन् ।
- भट्टराईले यो गाँठो फुकाउन आफूले अघि सारेको प्रबुद्ध व्यक्तिहरूको समूह (इपीजी) को प्रतिवेदन अहिलेसम्म कार्यान्वयन नभएको स्मरण गर्दै रवि लामिछानेको दिल्ली भ्रमणले यो दुष्चक्र तोड्न सफल रहोस् भन्ने कामना गरेका छन् ।
काठमाडौँ । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले यतिवेला काठमाडौँ र दिल्ली दुवैतिर सुनिएका गड्याङगुडुङका आवाज त्यति प्रिय नरहेको जिकिर गरेका छन् । रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमणलाई लक्षित गर्दै उनले यस्तो बताएका हुन् ।
सामाजिक सञ्जालमा उनले थप लेखेका छन्– 'रास्वपा सभापति रवि लामिछानेको The Hindustan Times मा प्रकाशित लेखले नेपाल र भारतमा राम्रै तरङ्ग ल्याएको छ। त्यसमा हाम्रो पनि सहमति नै छ। खासगरी नेपाल-भारत सम्बन्धको मामिलामा विकास साझेदारी र सभ्यता–संस्कृति (रोटी–बेटी) का कुरा गरून्जेल दुबैतिर बाइबाई नै हुन्छ। मेरो पालामा आफ्नै तत्कालीन पार्टीभित्रका एकथरीको विरोधका बाबजुद मैले बिप्पा सम्झौता गर्दा अब विकासको ओइरो लाग्ने भो भनेर दुवैतर्फ खुसी छाएकै हो।तर कथाको त्यो बाहिर देखिने पाटो मात्रै हो। '
उनी थप लेख्छन्– 'अर्को खुला नदेखिने तर भित्रभित्रै पुतपुताइरहने, दुबै पक्षले मनमनै गुनगुनाइरहने र सधैँ दुःख दिइरहने गम्भीर पाटो पनि छ। त्यसबारे हामी दुवैतर्फका जिम्मेवार मान्छेहरू खुला रूपमा बौल्दैनौँ तर खाष्टोमुनि मुड्की बजारीरहन्छौ१ त्यो हो सामरिक सुरक्षा र राष्ट्रिय सार्वभौमसत्ताको कुरो ! त्यसको पनि गाँठी कुरा हो-भारतीयहरूको दिलदिमागमा अङ्ग्रेजको पालादेखि जमेर बसेको 'सुरक्षाको मामिलामा हिमालको सेरोफेरो सबै मेरो' भन्ने सोच! सीमा विवाद त्यसैको अभिव्यक्ति हो। अनि अर्कोतिर हामी नेपालीहरूमा गहिरोसँग गढेर बसेको राष्ट्रिय सार्वभौमसत्ताको विषयमा सधैँ झस्काइरहने 'सिक्किमीकरण'को खतराको त्रास! यही जरो कारणले नेपाल-भारत सम्बन्ध लामो समयदेखि ग्रिस मिथकको सिसिफसको कथा दोहोर्याउन अभिशप्त भइरहेछ!'
यही गाँठो फुकाउन आफूले नजिकबाट भारत र नेपालका जिम्मेवार मानिसहरू र आम जनसमुदाय समेतको मनोविज्ञान बुझेको आधारमा प्रबुद्ध व्यक्तिहरूको समूह (इपीजी)को अवधारणा अघि सारेको उनले स्मरण गरे । इपीजीको प्रतिवेदन अहिलेसम्म मृत्युशैय्यामा छट्पटाइरहेको उनले बताए । रवि लामिछानेको वर्तमान दिल्ली भ्रमण यो दुष्चक्र तोड्न सफल रहोस् भन्ने कामना पनि उनले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध
-
रुसद्वारा युक्रेनमा ब्यालिस्टिक मिसाइल र ड्रोन प्रहार, कम्तीमा आठ जनाको मृत्यु
-
इराकमा भएको इरानी आक्रमणमा एक अमेरिकी सैनिकको मृत्यु
-
अमेरिकी उपराष्ट्रपति भान्सलाई पुत्रलाभ, बने चौथो सन्तानको पिता
-
स्पेनसँग पराजित भएपछि मेस्सीको प्रतिक्रिया, ‘उनीहरू हामीभन्दा उत्कृष्ट थिए’
-
अविरल वर्षा र पहिरोले देशका विभिन्न भागमा मुख्य राजमार्ग अवरुद्ध, कतिपय सडक पूर्ण ठप्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण