मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

प्रतिबन्ध र द्वन्द्वका बाबजुद इरानको व्यापार घाटामा घट्यो

आइतबार, ०३ फागुन २०८२, २१ : ५१
आइतबार, ०३ फागुन २०८२

काठमाडाैँ । इरानी चालू आर्थिक वर्षको १० महिनाको अवधिमा इरानको व्यापार घाटा छ अर्ब अमेरिकी डलरले खुम्चिएको इस्लामिक रिपब्लिक न्यूज एजेन्सी (इर्ना) ले आइतबार जनाएको छ ।

इरानको भन्सार प्रशासनको तथ्याङ्कलाई उद्धृत गर्दै इर्नाले भनेको छ, सन् २०२५ मार्च २१ देखि सन् २०२६ जनवरी २० सम्मको अवधिको लागि व्यापार सन्तुलन चार अर्ब डलरको घाटामा रहेको छ, जुन अघिल्लो वर्षको १० अर्ब डलरको घाटाको तुलनामा उच्च सुधार हो ।

इजरायलसँग १२ दिने युद्ध, संयुक्त राष्ट्र सङ्घको प्रतिबन्ध र अमेरिकाको कडा एकपक्षीय प्रतिबन्धका बाबजुद यो सुधार आएको हो।

यो आर्थिक बर्षमा इरानले कुल १३ करोड ३० हजार टन गैर–पेट्रोलियम पदार्थजन्य निर्यातबाट ४५ करोड अमेरिकी डलर मूल्य बराबरको कारोबार गरेको थियो, यो आयतनको आधारमा गत बर्षभन्दा १.३३ प्रतिशत बढी हो तर एक वर्ष अघिको तुलनामा ६.३ प्रतिशतले कम हो ।

आयात ४.६ प्रतिशतले बढेर तीन करोड ३१ लाख ७० हजार टन पुगेको छ तर यसको मूल्य १५.५५ प्रतिशतले घटेर ४९.१ अर्ब डलर कायम भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप