शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

उम्मेदवारले पैसा बाँडेर भोट माग्छन् भन्छन्, मलाई त उल्टै मतदाताले पैसा दिइरहेका छन् : पुन

बिहीबार, ०७ फागुन २०८२, १२ : ५१
बिहीबार, ०७ फागुन २०८२

सारांश

  • म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनलाई मतदाताले चुनाव खर्चका लागि पैसा दिएका छन्।
  • पुनले सामाजिक सञ्जालमा आफूलाई मतदाताले चुनाव खर्च दिइरहेको बताएका छन्।
  • पुनले चन्दाको हिसाबकिताब सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन्, र गाउँमा खान बस्न पनि जनताले सहयोग गरेका छन्।

काठमाडौँ । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनले मतदाताले नै आफूलाई चुनावी खर्च उठाइदिने गरेको बताएका छन् । 

सामाजिक सञ्जालमा उनले लेखेका छन्– भोट माग्न गाउँ गाउँ जाँदा मतदाताहरूले मलाई चुनाव खर्च भनेर पैसा दिइरहेका छन्। उम्मेदवारले पैसा बाँडेर भोट माग्छन् भन्ने सुनिन्छ। मलाई ता उल्टै पैसा दिइरहेका छन्। 

पुनले चन्दाको सबै हिसाब किताब प्रस्टसँग सार्वजनिक गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।  पैसामात्र नभई धेरै जसो  गाउँमा खान बस्न पनि जनताले नै स्पोन्सर गरेको उनले उल्लेख गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप