निर्वाचनमा घोषणा र बाचा नगरी प्रतिज्ञा गर्छौँ : गगन थापा
बिहीबार, ०७ फागुन २०८२, १४ : ०१
सारांश
- गगन थापाले प्रतिनिधिसभा निर्वाचनमा घोषणा र बाचा नगरी प्रतिज्ञा गर्ने बताए।
- उनले फागुन २१ गते हुने निर्वाचनमा घोषणापत्र नल्याउने बताएका छन्।
- थापाले जनकपुरमा सार्वजनिक गरिएको प्रतिज्ञालाई जनक र भीष्म प्रतिज्ञाको संज्ञा दिए।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रतिनिधिसभा निर्वाचनमा आफूहरूले घोषणा र बाचा नगरी प्रतिज्ञा गर्ने बताएका छन् ।
बिहीबार काठमाडौँमा आयोजित ‘हाम्रो प्रतिज्ञा, तपाईको पश्च’ शीर्षकको अन्तरक्रियामा सभापति थापाले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफूहरूले जानेरै घोषणा पत्र नल्याएको बताए ।
‘हामीहरूले जानेरै घोषणापत्र नभनेका हौँ । निर्वाचनमा हामीले घोषणा र बाचा गर्दैनौ । प्रतिज्ञा गर्छौँ,’ सभापति थापाले भने, ‘हामीले निर्वाचनमा प्रतिज्ञा गर्छौँ । त्यो प्रतिज्ञाका विषय हिजो जनकपुरमा सार्वजनिक गरेका छौँ ।’
सभापति थापाले जनकपुरमा सार्वजनिक गरिएको प्रतिज्ञा जनक प्रतिज्ञा र भीष्म प्रतिज्ञा भएको बताए । त्यो आफूहरू सत्तामा पुगे पनि टाढा भए पनि पूरा गर्न लाग्ने बताए । पहिला पार्टीबाट भएका गल्तीलाई सच्याएर अगाडि बढ्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
-
स्थानीय उत्पादनको बजारीकरणले मात्रै ग्रामीण अर्थतन्त्र बलियो बन्छ: मुख्यमन्त्री आचार्य
-
शक्तिखोर–फिस्लिङ सडक पुनः सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण