०७४ पछि राजनीति सरकार बनाउने र ढाल्न व्यस्त हुँदा अहिलेको अवस्था आयो : गगन थापा
सारांश
- गगन थापाले २०७४ सालको निर्वाचनपछिको राजनीतिले गति लिन नसकेको बताए।
- उनले गठबन्धनको फोहोरी संस्कृतिका कारण देशको अवस्था बिग्रिएको आरोप लगाए।
- थापाले कांग्रेसले देशलाई दुर्घटनाबाट जोगाउने र सुशासन कायम गर्ने प्रतिबद्धता व्यक्त गरे।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानसभामार्फत संविधान जारी भएपछि २०७४ सालमा भएको निर्वाचनपछि राजनीतिले गति लिन नसक्दा मुलुकमा अहिलेको अवस्था आएको बताएका छन् ।
कर्णालीको सुर्खेतमा भएको पार्टीको चुनावी सभामा बिहीबार सभापति थापाले ०७४ को निर्वाचनपछि गठबन्धनको फोहोरी संस्कृतिमा राजनीति लागेकाले यो अवस्था आएको बताए ।
‘०७४ को निर्वाचनपछि मुलुकले विकासको गति समात्नु पर्थ्यो । सुशासन प्रत्याभूति हुने काम हुनुपर्थ्यो त्यो भएन । राजनीति सरकार बनाउने र ढाल्ने काममा व्यस्त भयो, सभापति थापाले भने, ‘कहीँ न कहीँ त्रुटि भएको छ । कहीँ न कहीँ राजनीति फोहोर भएको छ । गठबन्धन संस्कृतिले राजनीति फोहोर भएको छ ।’
सभापति थापाले कांग्रेसले देशलाई अर्को कुनै पनि दुर्घटनामा पर्न नदिने बताए। उनले नेपालमा अब सरकारको गोलीबाट कुनै निहत्थाको ज्यान नजाने र मुकुण्डोधारीले सिंहदरबारसहितका सरकारी सम्पत्ति जलाउन नपाउने अवस्थाको निर्माण गर्न कांग्रेसलाई मत दिन कर्णालीबासीलाई आग्रह गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण