मोरङ–३ मा गतिशील लोकतान्त्रिक पार्टी र राष्ट्रिय ऊर्जाशील पार्टीबिच चुनावी तालमेल
शुक्रबार, १५ फागुन २०८२, १३ : १४
सारांश
- मोरङ-३ मा गतिशील लोकतान्त्रिक पार्टी र राष्ट्रिय ऊर्जाशील पार्टीबीच चुनावी तालमेल हुने भयो।
- दुवै पार्टीका नेतृत्वको सहमतिमा फागुन १२ गतेदेखि संयुक्त घरदैलो अभियान सुरु गरिएको छ।
- राउपाका भुवनकुमार वाग्लेको चुनाव चिन्ह चापाकल र गलोपाकी निशा राजवंशीको चुनावचिन्ह ब्याट्री रहेको छ।
विराटनगर । मोरङ–३ मा गतिशील लोकतान्त्रिक पार्टी र राष्ट्रिय ऊर्जाशील पार्टीबिच चुनावी तालमेल हुने भएको छ । मोरङ–३ का राष्ट्रिय ऊर्जाशील पार्टीका प्रत्यक्ष उम्मेदवार भुवनकुमार वाग्ले र गतिशील लोकतान्त्रिक पार्टीकी समानुपातिक उम्मेदवार निशा राजवंशी तथा दुवै पार्टीका नेतृत्वको सहमतिमा उक्त निर्णय गरिएको हो ।
सोही निर्णय अनुसार फागुन १२ गतेदेखि संयुक्त घरदैलो अभियान सुरु गरेको गलोपाका प्रवक्ता पीयूष कायस्थले जनाएका छन् ।
राउपा नेपालका प्रत्यक्ष उम्मेदवार भुवनकुमार वाग्लेको चुनाव चिन्ह चापाकल र गलोपा समानुपातिक उम्मेदवार निशा राजवंशीको चुनावचिन्ह ब्याट्री रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण