फागुन २१ को चुनावलाई कसैले पनि सामान्य मान्नुहुँदैन : प्रचण्ड
सारांश
- प्रचण्डले फागुन २१ मा हुने निर्वाचनलाई सामान्य रूपमा लिन नहुने बताए।
- उनले मुलुकमा दुई किसिमका अतिवाद रहेको र त्यसका विरुद्ध लड्न पार्टी खडा भएको बताए।
- प्रचण्डले निर्वाचन लोकतन्त्र र अधिकार रक्षाको लडाइँ भएको उल्लेख गरे।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सामान्य निर्वाचनका रूपमा लिन नहुने बताएका छन् ।
शुक्रबार काठमाडौँमा भएको नेकपा नुवाकोट–काठमाडौँ सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले मुलुकमा अहिले दुई किसिमका अतिवाद रहेको भन्दै त्यसका विरुद्ध लड्न नेपाली कम्युनिस्ट पार्टी खडा भएको पनि बताए ।
‘भदौ २३ गते युवाहरूलाई दमन गर्ने र २४ गते विध्वंस गर्ने दुवै अतिवादका विरुद्ध नेपाली कम्युनिस्ट पार्टी खडा छ’, प्रचण्डले भने, ‘त्यसकारण यो निर्वाचनलाई कसैले पनि सामान्य रूपमा लिनुहुँदैन ।’
पूर्वप्रधानमन्त्री प्रचण्डले अहिलेको निर्वाचन लोकतन्त्र र गणतन्त्र बचाउने तथा लामो सङ्घर्ष र बलिदानबाट प्राप्त महिला, दलित, जनजाति, मधेसी मुस्लिमलगायतको अधिकारको रक्षा गर्ने सवालमा पनि फागुन २१ को निर्वाचनको महत्त्व रहेको बताए ।
‘अधिकारहरू माथिको धावा बोल्ने र बचाउनेहरूका बिचको लडाईंका रूपमा पनि यो निर्वाचन अगाडि आउँदैछ’, प्रचण्डले भने, ‘त्यसकारण यो निर्वाचनलाई हामीले राष्ट्रको स्वाधीनता, नेपाली जनताको आत्मनिर्णयको अधिकारको रक्षा गर्नका लागि जीवन मरणको सङ्घर्षका रूपमा अगाडि आएको छ ।’
उनले मुलुकमा अहिले देखिएका दुई अतिवादका विरुद्ध सङ्घर्षको आवश्यकता महसुस गरेर नै जेनजी आन्दोलनबाट उत्पन्न परिस्थितिलाई समाधान दिने उद्देश्यले नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको दाबी पनि गरे ।
सम्बोधनका क्रममा प्रचण्डले यदि स्वच्छ, निष्पक्ष र धाँधलीरहित चुनाव सम्पन्न भए आफ्नो पार्टीलाई एक नम्बरको पार्टी हुनबाट कसैले रोक्न नसक्ने दाबी समेत गरे ।
‘दुई अतिवादी चिन्तनलाई परास्त गर्ने जिम्मेवारी तपाई हाम्रो काँधमा छ । कहीँ कसैले धाँधली गर्न खोजे बुथ बुथ र वडा वडामा तयारी गर्नुपर्छ’, प्रचण्डको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण