शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

कांग्रेसको प्रस्ताव : फागुन १८ गते खुलामञ्चमा प्रधानमन्त्रीका उम्मेदवारबिच बहस गरौँ

शुक्रबार, १५ फागुन २०८२, १६ : ०२
शुक्रबार, १५ फागुन २०८२

सारांश

  • नेपाली कांग्रेसले प्रधानमन्त्रीका उम्मेदवारहरू बीच फागुन १८ गते खुलामञ्चमा बहसको प्रस्ताव गरेको छ।
  • कांग्रेसले होलीको दिनमा प्रधानमन्त्रीका उम्मेदवारहरूसँगै होली खेल्ने प्रस्ताव गरेको छ।
  • उपसभापति विश्वप्रकाश शर्माले पोखरामा आयोजित चुनावी सभामा उक्त प्रस्ताव गरेका हुन्।

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनपछि बन्ने सरकारमा प्रधानमन्त्री घोषणा गरिएकाहरूबिच फागुन १८ गते खुलामञ्चमा बहसको प्रस्ताव गरेको छ । 

होलीका दिन सँगै होली खेल्न र निर्वाचनपछि बन्ने संसद्को ५ वर्षे कार्यकालमा गर्नुपर्ने कामका एजेन्डामा बहस गर्ने प्रस्ताव गरेको हो ।

नेपाली कांग्रेसले शुक्रबार कास्कीको पोखरामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति विश्वप्रकाश शर्माले त्यस्तो प्रस्ताव गरेका हुन् । 

‘फागुन १८ गते होली छ । त्यो होलीमा प्रधानमन्त्रीका उम्मेदवारबिच खुला मञ्चमा सार्वजनिक बहस गरौँ,’ उपसभापति शर्माले भने, ‘सँगै होली खेलौँ । यो कांग्रेसको प्रस्ताव छ । अरू दल राजी हुनुहुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप