शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अमेरिकी राष्ट्रपति ट्रम्पले भने– इरानविरुद्धकाे सैन्य कारबाही विशाल अभियान

शनिबार, १६ फागुन २०८२, १४ : २४
शनिबार, १६ फागुन २०८२

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य कारबाहीलाई 'विशाल र जारी' अभियान भनेका छन्।
  • ट्रम्पले अमेरिकाको सुरक्षा हित जोगाउन यो अभियान सुरु गरिएको बताएका छन्, र इरानको क्षेप्यास्त्र उद्योगलाई नष्ट गर्ने कुरा उल्लेख गरे।
  • उनले इरानले आणविक कार्यक्रम पुनःनिर्माण गर्ने प्रयास गरिरहेको र अमेरिकाले अब सहन नसक्ने बताए।

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध चलिरहेको सैन्य कारबाही ‘विशाल र जारी’ अभियान रहेकाे बताएका छन् । उनले यो अभियान अमेरिकाको सुरक्षा हित जोगाउन सुरु गरिएको बताएका छन् ।

शनिबार भिडियो सन्देशमार्फत बोल्दै ट्रम्पले भने- ‘अमेरिकी सेनाले यो अत्यन्तै दुष्ट, कट्टरपन्थी तानाशाहीलाई अमेरिका र हाम्रो मुख्य राष्ट्रिय सुरक्षा हितलाई खतरामा पार्नबाट रोक्नको लागि एक विशाल र निरन्तर अपरेसन गरिरहेको छ ।’ ‘हामी तिनीहरूको क्षेप्यास्त्रहरू नष्ट गर्नेछौँ र तिनीहरूको क्षेप्यास्त्र उद्योगलाई जमिनमा पु‍र्याउनेछौं’ अझ अगाडि उनले भनेका छन् ।

ट्रम्पका अनुसार इरानले अमेरिकी आक्रमणपछि पनि आफ्नो आणविक कार्यक्रम पुनःनिर्माण गर्ने प्रयास गरिरहेको छ । ‘उनीहरूले आफ्नो आणविक महत्त्वाकाङ्क्षा त्याग्ने प्रत्येक अवसर अस्वीकार गरे, अब हामी सहन सक्दैनौँ,’ उनले भने ।

अभियानको उद्देश्य अमेरिकामाथि सम्भावित खतरा हटाउनु रहेको दोहोर्‍याउँदै उनले सैन्य दबाब निरन्तर रहने सङ्केत दिएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप