बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न प्रशासनको अनुमति

आइतबार, १७ फागुन २०८२, १७ : २७
आइतबार, १७ फागुन २०८२

सारांश

  • भक्तपुर जिल्ला प्रशासनले व्यवसायी दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
  • प्रसाईंलाई राष्ट्र, राष्ट्रियता, धर्म र नागरिक बचाउ महाअभियानको सिलसिलामा पक्राउ गरिएको हो।
  • प्रहरीले सार्वजनिक शान्ति विरुद्धको कसूरमा अनुसन्धान गरिरहेको छ, र उनी यसअघि सर्वोच्चको आदेशमा रिहा भएका थिए।

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रशासनले अनुमति दिएको भक्तपुरका एसपी सूर्य खड्काले रातोपाटीलाई बताए ।

आइतबार बिहान पक्राउ गरेर प्रहरीले उनलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उपस्थित गराएको थियो । उनी विरुद्ध प्रहरीले सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ ।

यसअघि सर्वोच्च अदालतको आदेशमा उनी फागुन १३ मा रिहा भएका थिए । पछिल्लो समय चुनाव बिथोल्ने भूमिका खेल्ने आशङ्का प्रशासनले उनलाई पक्राउ गर्ने र अदालतको आदेशले छाड्ने गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप