शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

आजपाका समानुपातिक उम्मेदवार मन्सुरीमाथि आक्रमण

मङ्गलबार, १९ फागुन २०८२, १२ : १२
मङ्गलबार, १९ फागुन २०८२

सारांश

  • रौतहटमा चुनावी प्रचारको क्रममा आमजनता पार्टीका उम्मेदवार लालबाबु मन्सुरीमाथि आक्रमण भएको छ।
  • आक्रमणबाट मन्सुरीको नाकको हड्डी भाँचिएको छ र हाल उनी गुजरास्थित घरमा आराम गरिरहेका छन्।
  • मन्सुरीले जसपा र रास्वपाका कार्यकर्ताहरूले आक्रमण गरेको आरोप लगाएका छन् र छानबिनको माग गरेका छन्।

रौतहट । प्रभु साह नेतृत्वको आमजनता पार्टीका समानुपातिक उम्मेदवार लालबाबु मन्सुरीमाथि चुनावी प्रचार प्रसारको क्रममा आक्रमण भएको छ । आक्रमणबाट उनको नाकको हड्डी टुटेको छ ।

सोमवार साँझ  रौतहट–३ गुजरा नगरपालिका ६ बेदौउली गाउँमा मन्सुरीमाथि आक्रमण भएको हो । आक्रमणबाट घाइते मन्सुरीको चन्द्रनिगाहपुर स्थित एक अस्पतालमा उपचार भएको थियो । उपचारपछि हाल उनी गुजरा स्थित आफ्नो घरमा आराम गरिरहेका छन् ।  डाक्टरले उनको नाकको हड्डी टुटेको बताएका छन् । 

मन्सुरीले रातोपाटीसँग कुरा गर्दै घटनाबारे बताएका  छन् । सोमवार साँझ  प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार पार्टी अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले गुजरा ६ बेदौली गाउँमा घरदैलो कार्यक्रम गरिरहेका  थिए । सोही क्रममा विपक्षी पार्टीका केहि  कार्यकर्ताहरूले डिजे बजाउदै कार्यक्रम बिथोल्न खोजेका थिए । त्यही विपक्षी कार्यकर्तालाई सम्झाउन खोज्दा उनीहरुले धक्का दिएको  र एकजना अपरिचित युवकले टाढैबाट लौरोले हान्दा नाकमा लागेर घाइते भएको मन्सुरीले बताए ।

घटना लगत्तै प्रहरी टोली त्यहाँ पुगेर अवस्था साम्य बनाएका  थिए  । प्रहरीलाई देख्नासाथ उनीहरू फरार भएका थिए । आक्रमण गर्नेहरूमा जसपा र रास्वपाका स्थानीय कार्यकर्ता रहेको उनले बताएका  छन् । आजपाका समानुपातिक उम्मेदवार लालबाबु मन्सुरीले घटनाको सत्य तथ्य छानबिन गरी दोषी लाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटले घटनाको पुष्टि गर्दै आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप