श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो
काेलम्बाे । अन्तर्राष्ट्रिय मुद्रा कोषका एक वरिष्ठ अधिकारीले श्रीलंकाको अर्थतन्त्र हाल स्थिर रहेको भए पनि मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण व्यापार, वैदेशिक रोजगारबाट आउने रकम (रेमिट्यान्स) र पर्यटन क्षेत्रमा असर पर्न सक्ने बताएकी छन्।
शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै कोष अन्तर्गतको सञ्चार विभागकी निर्देशक जुली कोज्याकले श्रीलंकाको सुधार कार्यक्रमले चक्रवात डिटवाहको प्रभावका बाबजुद उल्लेखनीय प्रगति गरेको बताइन् । उनका अनुसार सन् २०२५ मा श्रीलंकाको अर्थतन्त्र ५ प्रतिशतले वृद्धि भएको थियो भने सन् २०२६ को फेब्रुअरीमा मुद्रास्फीति करिब १.६ प्रतिशत रहेको छ।
साथै, देशको ऋण पुनर्संरचना लगभग पूरा भइसकेको र वैदेशिक मुद्रा सञ्चिति पनि उल्लेखनीय रूपमा बढेको उनले जानकारी दिइन् । उनले आगामी मार्च १२ देखि चैत २६ सम्म एक टोली श्रीलंकाको भ्रमणमा जाने र आर्थिक नीतिबारे छलफल गर्ने बताइन् । उक्त भ्रमणको उद्देश्य विस्तारित कोष सुविधा कार्यक्रम अन्तर्गत पाँचौँ र छैटौँ समीक्षा पूरा गर्नु रहेको छ।
साथै, उक्त टोलीले श्रीलंकाली अधिकारीहरूसँग भेटघाट गरी मध्यपूर्व द्वन्द्वको सम्भावित आर्थिक प्रभावबारे थप जानकारी लिने र भविष्यमा सहयोग कसरी जारी राख्ने भन्ने विषयमा अद्यावधिक मूल्याङ्कन प्रस्तुत गर्ने बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण