शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राष्ट्रसङ्घ पश्चिम एसियाकाे तनाव कम गर्ने प्रयासमा सहयोग गर्न तयार छ : महासचिव गुटेरेस

शनिबार, ०७ चैत २०८२, १७ : २७
शनिबार, ०७ चैत २०८२

काठमाडाैँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा तनाव कम गर्न र होर्मुज जलक्षेत्रको सुरक्षा सुनिश्चित गर्ने हरेक प्रयासमा संयुक्त राष्ट्रसङ्घ सहयोग गर्न तयार रहेको बताएका छन् ।

उनले संयुक्त राष्ट्र सङ्घले यसअघि “ब्ल्याक सी” मा सुरक्षा सुनिश्चित गरी अवस्था सहज बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै यसको परिणामस्वरुप सन् २०२२ जुलाईमा सुरु हुने मानवीय कोरिडोर मार्फत युक्रेनी निर्यातलाई सक्षम बनाएको जनाएका छन् ।

गुटेरेसले हर्मुजको जलक्षेत्रमा सहज निर्यातको अवस्था सिर्जना गर्ने मुख्य उद्देश्यका साथ संयुक्त राष्ट्रसङ्घले हाल खाडीका प्रमुख निकायका साथै युरोपेली परिषदसँग समन्वय गरिरहेको बताएका छन् । उनले यस सन्दर्भमा संयुक्त राष्ट्र सहयोग गर्न इच्छुक र तत्पर रहेको जनाउँदै यस्ता प्रयासहरू व्यवस्थापन गर्न संयुक्त राज्य अमेरिका र अन्य साझेदारहरूसँगको प्रत्यक्ष सहकार्यमा सक्रिय रहने पुष्टि गरेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप