आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

काठमाडौँको सिभिल मलमा 'स्केचर्स' को नयाँ सोरुम उद्घाटन, ग्राहकलाई २५ प्रतिशत विशेष छुट

सोमबार, ०९ चैत २०८२, १३ : २८
सोमबार, ०९ चैत २०८२

काठमाडौँ । विश्वप्रसिद्ध जीवनशैली तथा खेलकुदका जुत्ता उत्पादन गर्ने ब्रान्ड 'स्केचर्स' ले काठमाडौँको सुन्धारास्थित सिभिल मलमा आफ्नो नयाँ र ठूलो सोरुमको उद्घाटन गरेको छ।
नेपालका लागि स्केचर्सको एकमात्र आधिकारिक वितरक 'गोर्जियस इन्टरनेशनल प्राइभेट लिमिटेड' ले यो सोरुम सञ्चालनमा ल्याएको हो। दरबारमार्ग र सिटी सेन्टरपछि स्केचर्सको यो नेपालकै तेस्रो विशेष सोरुम हो।

सिभिल मलमा खोलिएको यो सोरुम नेपालकै ठूला स्केचर्स बिक्री केन्द्रहरूमध्ये एक मानिएको छ। यहाँ पुरुष, महिला तथा बालबालिकाका लागि आवश्यक विभिन्न अन्तर्राष्ट्रिय स्तरका नवीनतम जुत्ता, खेलकुदका पोशाक र अन्य पहिरनहरू एउटै छानामुनि उपलब्ध छन्। विशेष गरी आरामदायी र गुणस्तरीय जुत्ताका लागि परिचित यस ब्रान्डका सबै पछिल्ला उत्पादनहरू यहाँ पाइनेछन्।

नयाँ सोरुम सञ्चालनमा आएको खुशियालीमा कम्पनीले ग्राहकहरूका लागि विशेष छुटको योजना पनि सार्वजनिक गरेको छ। १५ चैत सम्म सिभिल मलस्थित यसै सोरुमबाट सामान खरिद गर्ने ग्राहकले सबै किसिमका सामानमा सिधै २५ प्रतिशत छुट प्राप्त गर्नेछन्।

गोर्जियस इन्टरनेशनलका प्रतिनिधिहरूले नेपालमा स्केचर्स ब्रान्डको बढ्दो लोकप्रियता र गुणस्तरीय उत्पादनप्रतिको आकर्षणलाई मध्यनजर गर्दै यो नयाँ शाखा विस्तार गरिएको बताएका छन्। 

यस उद्घाटनसँगै नेपाली उपभोक्ताहरूले अन्तर्राष्ट्रिय स्तरको खरिद अनुभव आफ्नै देशमा अझ सहज रूपमा पाउने कम्पनीको विश्वास छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप