‘अवसरको झोला’ अभियानमार्फत मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीहरूको भविष्यमा लगानी
काठमाडौँ । हरेक बालबालिकामा सपना हुन्छ । तर ती सपना पूरा गर्न सबैसँग समान अवसर भने हुँदैन । यही यथार्थलाई आत्मसात गर्दै मुक्तिनाथ विकास बैंकले ‘अवसरको झोला’ अभियान सञ्चालन गरी आर्थिक रूपमा कमजोर तथा अवसरबाट वञ्चित विद्यार्थीहरूलाई विद्यालय झोला र स्टेशनरी वितरण गरेको छ।

कसैका लागि साधारण देखिने एउटा झोला, यी बालबालिकाका लागि भने अवसरको ढोका बन्न सक्छ। यही सोचका साथ बैंकले उनीहरूको काँधमा केवल झोला मात्र होइन, सम्भावना, आत्मविश्वास र उज्ज्वल भविष्यको आशा पनि सुम्पिएको छ।कार्यक्रमका क्रममा झोला ग्रहण गर्दा बालबालिकाका अनुहारमा देखिएको खुशी केवल सामग्री प्राप्तिको थिएन–त्यो त “अब म पनि सक्छु” भन्ने विश्वासको झल्को थियो। यसै अभियान सँगै बैंकले शिक्षालाई प्रोत्साहन गर्न विद्यालय पोशाकहरु तथा मेहनती तथा उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै उनीहरूको लगनशीलताको कदर गरिएको छ ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता पहलहरूलाई निरन्तरता दिँदै समुदायमा दिगो प्रभाव सिर्जना गर्ने प्रतिबद्धता जनाएको छ। हाल सम्म बैंकले सुर्खेत, कालिकोट, धनुषा लगायतका जिल्लाहरु गरि करिब ५०० भन्दा बढी विद्यालय झोलाहरु प्रदान गरिसकेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण