कांग्रेसले संघीय सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने
सारांश
- नेपाली कांग्रेसले संघीय सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ।
- यो कार्यक्रम चैत १४ गते सानेपामा हुनेछ, जसमा संसदीय अभ्यासबारे सिकाइनेछ।
- बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरूका लागि अभिमुखीकरण गर्ने निर्णय गरेको हो।
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका संघीय सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । मंगलबार र बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरूका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।
अभिमुखीकरण कार्यक्रम चैत १४ गते गर्ने निर्णय पनि बैठकले गरेको छ । अभिमुखीकरणमा संसदीय अभ्यास, प्रक्रिया एवं प्राथमिकता तथा पार्टीको प्रतिज्ञाबारे सिकाइने बैठकपछि कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘२०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पहिलो हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फ नेपाली कांग्रेसबाट निर्वाचित हुने सदस्यहरू र राष्ट्रियसभामा निर्वाचित नयाँ सदस्यहरूलाई यही चैत्र १४ गते नेपाली कांग्रेसको तर्फबाट संसदीय अभ्यास, प्रक्रिया एवं प्राथमिकता तथा पार्टीको प्रतिज्ञाका बारेमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय गर्दछ,’ विज्ञप्तिमा लेखिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण