आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

बुटवलमा ईभी हायस र ईरिक्सा ठोक्किँदा दुई जना गम्भीर घाइते

मङ्गलबार, १७ चैत २०८२, १९ : ००
मङ्गलबार, १७ चैत २०८२

बुटवल । बुटवलको इँटाभट्टीमा ईभी हायस र ईरिक्सा आपसमा ठोक्किँदा दुई जना गम्भीर घाइते भएका छन् । 

बुटवल उपमहानगरपालिका–९, इँटाभट्टीस्थित भित्री सडकखण्डमा तीनकुनेबाट बसपार्क आउँदै गरेको बाप्र०३–००१ ज १२२९ नम्बरको हायस र विपरीत दिशाबाट आइरहेको रा१ह ४४३४ नम्बरको ईरिक्सा ठोक्किएका प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी निशान्त श्रीवास्तवका अनुसार दुर्घटनामा अर्घाखाँचीको पाणिनि गाउँपालिका घर भई हाल बुटवल उपमहानगरपालिका–१ बस्ने ३२ वर्षीय ईरिक्सा चालक गोविन्द विक र इरिक्सामा सवार बुटवल–२, मैनाबगर बस्ने २३ वर्षीया कृतिका आले मगर गम्भीर घाइते भएका छन् । 

घाइते विकको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ भने मगरको दुवै खुट्टा र टाउकोमा गम्भीर चोट लागेको छ । घाइते दुवै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय बुटवलले चितवन भरतपुर महानगरपालिका–१५ रामपुर बस्ने ३४ वर्षीय हायसका चालक साजन परियारलाई नियन्त्रणमा लिएको छ । दुर्घटनामा संलग्न हायस र ईरिक्सा पनि प्रहरीको नियन्त्रणमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप