शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चीनको घरेलु उपकरण कम्पनीको नाफा १४ प्रतिशतले वृद्धि

मङ्गलबार, १७ चैत २०८२, २२ : ३७
मङ्गलबार, १७ चैत २०८२

सारांश

  • कम्पनीको खुद नाफा १४ प्रतिशतले बढेको छ, जसले सेयरधनीलाई फाइदा पुर्‍याएको छ।
  • कम्पनीको कुल आम्दानी बढेको छ र विदेशी बजारबाट पनि राम्रो आम्दानी गरेको छ।
  • कम्पनीले कृत्रिम बुद्धिमत्ताको प्रयोगबाट कार्यक्षमता बढाएको र रोबोट मोडल सार्वजनिक गरेको छ।

काठमाडौँ । ‘मिडिया ग्रुप’ ले सन् २०२५ मा आफ्नो खुद नाफा १४ प्रतिशतले बढेको जनाएको छ । कम्पनीको वार्षिक वित्तीय प्रतिवेदन अनुसार शेयर धनीलाई प्राप्त हुने खुद नाफा ४३.९५ अर्ब युआन (करिब ६.४ अर्ब अमेरिकी डलर) पुगेको छ ।

कम्पनीले कुल आम्दानी ४५८.५ अर्ब युआन हासिल गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १२.१ प्रतिशतले बढी हो । साथै, विदेशी बजारबाट आएको आम्दानी १५।९ प्रतिशतले बढेर १९५।९ अर्ब युआन पुगेको छ ।

प्रतिवेदन अनुसार, २०२५ मा कम्पनीले घरेलु एयर कन्डिसनर कम्प्रेसर, मोटर तथा वासिङ मेसिन मोटरको बिक्रीमा विश्वकै सबैभन्दा ठुलो बजार हिस्सा ओगटेको छ । साथै, केन्द्रीय एयर कन्डिसनिङ क्षेत्रमा चीनभित्र पनि पहिलो स्थानमा रहेको छ ।

कृत्रिम बुद्धिमत्ताको प्रयोगबाट कम्पनीले एक करोड ५० लाख घण्टाभन्दा बढी कार्यक्षमता वृद्धि गरेको छ भने ७० करोड युआन लागत घटाएको जनाएको छ । आगामी तीन वर्षमा कम्पनीले अत्याधुनिक अनुसन्धानका लागि ६० अर्ब युआनभन्दा बढी लगानी गर्ने योजना बनाएको छ ।

यसका साथै, कम्पनीले पाँच वटा मानवजस्तै रोबोट मोडेल सार्वजनिक गरेको छ, जुन गुणस्तर परीक्षण र उपकरण निरीक्षणजस्ता कार्यमा कारखानामा प्रयोग हुन थालेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप