बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अर्थमन्त्रीसँग एडिबी र विश्व बैंकका उच्च अधिकारीकाे भेटवार्ता

सोमबार, २३ चैत २०८२, २० : २१
सोमबार, २३ चैत २०८२

सारांश

  • एडिबी र विश्व बैंकका उच्च अधिकारीहरूले नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग शिष्टाचार भेट गरेका छन्।
  • भेटका क्रममा नेपालको आर्थिक विकासमा हुँदै आएको सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाइएको छ।

काठमाडौँ । नेपालका लागि एसियाली विकास बैंक (एडिबी) का कन्ट्री डाइरेक्टर अर्नाउड काउचोइस र माल्दिभ्स, नेपाल तथा श्रीलङ्काका लागि विश्व बैंकका डिभिजन डाइरेक्टर डेभिड सिसलेनले नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग शिष्टाचार भेट गरेका छन् ।

आइतबार भएको उक्त भेटघाटमा एडिबी र विश्व बैंकका प्रतिनिधिहरूले डा. वाग्लेलाई अर्थमन्त्रीको जिम्मेवारी सम्हालेकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

भेटका क्रममा उनीहरूले नेपालको आर्थिक विकास र समृद्धिका लागि विगत लामो समयदेखि हुँदै आएको सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाए । सो अवसरमा नेपाल, एडिबी र विश्व बैंकबिचको ऐतिहासिक र बलियो साझेदारीलाई थप सुदृढ बनाउँदै लैजाने विषयमा समेत छलफल भएको थियो ।

अर्थमन्त्री डा. वाग्लेले नेपालको विकास प्राथमिकताहरूमा बहुपक्षीय दातृ निकायहरूको सहयोग महत्त्वपूर्ण रहेको उल्लेख गरे । उनले आगामी दिनमा समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाइने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप