नेकपा कार्यसंयोजन समितिको बैठक चौथो दिन पनि नसकिने
बुधबार, २५ चैत २०८२, ११ : ३८
सारांश
- नेकपा केन्द्रीय कार्यसंयोजन समितिको बैठक पेरिसडाँडामा चौथो दिन पनि जारी रहेको छ।
- बैठकमा अध्यक्ष प्रचण्डले पेस गरेको चुनावी समीक्षा प्रतिवेदनमाथि नेताहरूले आ-आफ्नो धारणा राखिरहेका छन्।
- पार्टी पुनर्गठन र आगामी कार्यभारबारे छलफल भइरहेको र शुक्रबारसम्म निर्णय आउन सक्ने बताइएको छ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको बैठक चौथो दिन सुरु भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबारदेखि संयोजक पुष्पकमल दाहाल प्रचण्डले पेस गरेका चुनावी समीक्षा प्रतिवेदनमाथि नेताहरूले धारणा राख्ने क्रम जारी छ ।
चुनावी हारको समीक्षा, पार्टी पुनर्गठन र रूपान्तरण तथा आगामी कार्यभार सम्बन्धमा छलफल भइरहेको नेता गङ्गानारायण श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार बैठकको निर्णय शुक्रबारसम्म आउन सक्नेछ ।
अहिलेसम्म १९ जना सदस्यले प्रचण्डले पेस गरेको प्रतिवेदनमाथि धारणा राखेका छन् । द्रुत गतिमा भइरहेको प्रविधिको विकास, नय युवाहरूको आवश्यकता, विश्वको भू–राजनीतिले नेपालमा पार्न सक्ने प्रभावमा केन्द्रित रहेर नेताहरूले धारणा राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पनौतीमा आजदेखि हिले–जात्रा (ज्याःपुन्ही)
-
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुवात
-
सिरुटार र बालकोटलाई गरियो बालमैत्री स्थानीय शासनयुक्त घोषणा
-
१० बजे १० समाचार : ओलीले पठाए आयोगमा पत्र, रास्वपाको प्रस्तावविरुद्ध आन्दोलनको तयारी
-
अफगानिस्तान केन्द्रबिन्दु भएर ६.२ म्याग्निच्युडको भूकम्प, कश्मीरदेखि दिल्लीसम्म धक्का
-
कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण