शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जिल्ला खेलकुद समितिको अध्यक्षमा सिंह

बुधबार, ०२ वैशाख २०८३, २० : ३८
बुधबार, ०२ वैशाख २०८३

कञ्चनपुर । कञ्चनपुर जिल्ला खेलकुद समितिको अध्यक्ष पदमा शुक्लाफाँटा नगरपालिका–७ का ज्ञानेन्द्रबहादुर सिंहलाई मनोनयन गरिएको छ । सुदूरपश्चिम खेलकुद परिषद्ले उनलाई आगामी चार वर्षका लागि उक्त जिम्मेवारी सुम्पिएको हो।

सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव लोकबहादुर खड्काका अनुसार सुदूरपश्चिम खेलकुद नियमावली, २०७७ को नियम ५ (क) बमोजिम परिषद्को बैठकले सिंहलाई अध्यक्ष पदमा मनोनयन गर्ने निर्णय गरेको हो । जिल्लाको खेलकुद संरचनालाई चलायमान बनाउन र खेल क्षेत्रको नीतिगत व्यवस्थापनका लागि सिंहको नियुक्ति गरिएको जनाइएको छ।

मनोनयनपछि नवनियुक्त अध्यक्ष सिंहले खेलकुद क्षेत्रको विकासका लागि आफू पूर्ण रूपमा समर्पित हुने बताए। पदको गरिमालाई आत्मसात् गर्दै उहाँले प्रचलित ऐन, नियम र प्रदेश खेलकुद परिषद्को निर्देशन पालना गर्दै आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।

सिंहले आफ्नो कार्यकालमा कुनै पनि राजनीतिक वा अन्य प्रभावमा नपरी निष्पक्ष र तटस्थ रूपमा काम गर्ने उद्धोष गर्नुभएको छ । कञ्चनपुरमा रहेका खेल प्रतिभाहरूको पहिचान गर्ने र उनीहरूलाई उचित मञ्च प्रदान गर्न आफू सदैव तत्पर रहने उनको भनाइ छ। जिल्लाभरका खेलाडी र खेलप्रेमीहरूको हितमा काम गर्दै खेलकुदको समग्र विकासमा इँटा थप्नु नै आफ्नो मुख्य उद्देश्य रहेको उनले उल्लेख गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप