दर्ता नभएका ई–रिक्साविरुद्ध बुटवलमा आन्दोलन
बुटवल । बुटवलमा दर्ता नभएका ई–रिक्सा सञ्चालन रोक्न माग गर्दै दर्ता भएका ई–रिक्सा चालकहरूले आन्दोलन सुरु गरेका छन् ।
बुटवल उपमहानगरपालिकामा दर्ता भएका ई–रिक्सा मात्रै सञ्चालन गर्नुपर्ने मागसहित चालकहरू आज नगरपालिकामा दबाब दिन पुगेका हुन् । उनीहरूले दर्ता बिना सञ्चालनमा रहेका ई–रिक्साले अनावश्यक प्रतिस्पर्धा बढाएको र आफूहरूको रोजगारीमा असर परेको बताएका छन् । दर्ताबिनाका रिक्सा सञ्चालनमा रोक नलगाएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।
हाल बुटवलमा करिब १५४० ई–रिक्सा दर्ता भएका छन् । तर दर्ता नभएका ई–रिक्साको संख्या अझ धेरै रहेको चालकहरूको गुनासो छ ।
यसअघि दर्ता भएका ई–रिक्सालाई मात्र सञ्चालन गर्न दिने सहमति भए पनि त्यसको कार्यान्वयन नभएको भन्दै आन्दोलन गर्नुपरेको चालकहरूको भनाइ छ । उनीहरूले उक्त सहमति कार्यान्वयन गर्न र दर्ता प्रक्रिया कडाइका साथ लागू गर्न माग गरेका छन् ।
दर्ता नभएका सवारी साधन सञ्चालन हुँदा नगरपालिकाको राजस्वसमेत गुमिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटोपनाः गहुँको रोटीले बढाउँछ कि सेतो चामलले ?
-
साताव्यापी ‘हिमालयन लिटरेचर फेस्टिभल’ सम्पन्न
-
पाकिस्तानी गृहमन्त्री र इरानी विदेशमन्त्रीबिच भेटवार्ता
-
भारतका श्रम संहिताको सफलता वा असफलता राज्यहरूमा निर्भर
-
कुञ्जना घिमिरे ‘सुन्तली’ भन्छिन्– ‘विगत सम्झेर आज पनि डाँको छोडेर रुन्छु’
-
दूषित खानाले वार्षिक १५ लाखको मृत्यु : विश्व स्वास्थ्य सङ्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण