शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

नेपाली सेनालाई सक्षम बनाउनु सबैको साझा दायित्व: बलाधिकृत केसी

शनिबार, ०५ वैशाख २०८३, ११ : ४९
शनिबार, ०५ वैशाख २०८३

सारांश

  • बलाधिकृत रथी प्रदीप जङ्ग केसीले कल्याणकारी कार्यलाई आत्मनिर्भर र आयमूलक बनाउनुपर्नेमा जोड दिएका छन्।
  • अवकाश प्राप्त सैनिकहरूलाई समाजमा अनुशासित र मर्यादित नागरिकको रूपमा प्रस्तुत हुन उनले आग्रह गरेका छन्।
  • नेपाली सेनालाई सक्षम संस्थाको रूपमा विकास गर्दै भावी पुस्तामा हस्तान्तरण गर्नु सबैको साझा दायित्व रहेको उनले बताए।

काठमाडौँ । नेपाली सेनाका बलाधिकृत रथी प्रदीप जङ्ग केसीले कल्याणकारी कार्यलाई आयमूलक र आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका छन् । रामेछापमा आयोजित ‘भूतपूर्व सैनिक भेटघाट तथा पुनर्मिलन कार्यक्रम’लाई सम्बोधन गर्दै उनले कल्याणकारी कार्यलाई केवल वितरणमुखी मात्र बनाउन नहुने बताए । 

सैनिक व्यक्ति सेवामा रहँदा मात्र नभई अवकाश पश्चात् समेत समाजमा एक जिम्मेवार, अनुशासित र मर्यादित नागरिकको रूपमा प्रस्तुत हुन आवश्यक रहेको उनले बताए । सबैलाई स्थानीय स्तरमै उत्पादनशील, सृजनशील र उद्यमशील बन्नसमेत उनले आग्रह गरे । 

रथी केसीले राष्ट्रिय एकीकरणको इतिहासदेखि नै सेनाले अतुलनीय योगदान पुर्‍याउँदै आएको बताए । उनले वर्तमान र भविष्यका चुनौतीहरूलाई सामना गर्नसक्ने सक्षम संस्थाको रूपमा नेपाली सेनालाई थप विकास गर्दै भावी पुस्तामा हस्तान्तरण गर्नु सबैको साझा दायित्व भएको बताए ।

नेपाली सेनाले देशको सार्वभौमिकताको रक्षार्थ वहन गरेको भूमिकाका साथै आन्तरिक सुरक्षा, विकास निर्माण, विपद् व्यवस्थापन तथा अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा पुर्‍याएको योगदानले सेनालाई स्वदेश र विदेशमा एक विश्वसनीय र सम्मानित संस्थाको रूपमा स्थापित गरेको उनको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप