लुम्बिनी प्रज्ञा प्रतिष्ठान विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो
बुटवल । लुम्बिनी प्रदेश सभाको बैठकले ‘लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन सम्बन्धी विधेयक’ दफावार छलफलका लागि अर्थ, उद्योग तथा पर्यटन समितिमा पठाएको छ।
सातौँ अधिवेशन अन्तर्गत आइतबार बसेको १२औँ बैठकले उक्त विधेयकलाई थप अध्ययन तथा छलफलका लागि समितिमा पठाउने निर्णय गरेको हो।
बैठकमा उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले प्रस्ताव पेस गरेका थिए। यसैगरी, प्रदेश मामिला तथा कानुन समितिका सभापति दिलकुमारी बुढाले समितिको वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गरिन्।
बैठकमा समसामयिक विषयमा बोल्दै प्रदेश सभा सदस्यहरूले सङ्घीय सरकारले विद्यार्थी सङ्गठन खारेज गर्ने तयारीप्रति ध्यानाकर्षण गराएका छन्। प्रदेश सभा सदस्य रत्नबहादुर खत्रीले नेपालको शैक्षिक समस्याको मूल कारण विद्यार्थी सङ्गठन नभई समग्र शिक्षा प्रणाली रहेको जिकिर गरे।
त्यसैगरी, प्रदेश सभा सदस्यहरू बसिउद्दिन खाँ, मिनाकुमारी श्रेष्ठ, तुलसीराम शर्मा, चन्द्रकेश गुप्ता, भण्डारीलाल अहिर, भगवती अधिकारी, बादशाह कुर्मी र चिन्तामणि पाण्डेले कृषि क्षेत्रमा अपेक्षित उपलब्धि हासिल हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए।प्रदेश सभा सचिवालयका अनुसार सातौँ अधिवेशनको १३औँ बैठक सोमबार दिउँसो १ बजे बस्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई दिने बिदा पुनर्विचार गर्दै कोशी प्रदेश
-
सीमा विवादमा बेलायतको इन्ट्रीदेखि प्रधानमन्त्री बालेनको भारत भ्रमणबारे परराष्ट्रमन्त्रीले के भने ?
-
गाजा युद्धविराम कार्यान्वयनबारे हमास र प्यालेस्टिनी पक्षबिच वार्ता
-
रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
-
रास्वपा बैतडीको सभापतिमा नाथ
-
सभामुखसहित संसदीय टोलीद्वारा टीकापुर पार्क अवलोकन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण