लुम्बिनी प्रदेश सभाको बैठक आज पनि बस्दै
सोमबार, ०७ वैशाख २०८३, ०८ : २८
बुटवल । लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशन अन्तर्गत तेह्रौँ बैठक आज सोमबार दिउँसो १ बजे बस्ने भएको छ।
प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकको सुरुवातमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा आफ्ना धारणा राख्ने कार्यक्रम रहेको छ।
बैठकमा सामाजिक विकास समितिका सभापति यम बहादुर नेपाली सार्कीले दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि समितिको प्रतिवेदन सभामा पेस गर्ने कार्यसूची रहेको छ।
त्यसै गरी, कृषि, वन तथा वातावरण समितिका सभापति विश्वप्रेम पाठकले समितिको वार्षिक प्रतिवेदन सभामा पेस गर्ने कार्यक्रम तय गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई दिने बिदा पुनर्विचार गर्दै कोशी प्रदेश
-
सीमा विवादमा बेलायतको इन्ट्रीदेखि प्रधानमन्त्री बालेनको भारत भ्रमणबारे परराष्ट्रमन्त्रीले के भने ?
-
गाजा युद्धविराम कार्यान्वयनबारे हमास र प्यालेस्टिनी पक्षबिच वार्ता
-
रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
-
रास्वपा बैतडीको सभापतिमा नाथ
-
सभामुखसहित संसदीय टोलीद्वारा टीकापुर पार्क अवलोकन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण