रुपन्देहीबाट करिब १६ लाखको अवैध सामान बरामद
रुपन्देही । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले दुई दिनमा करिब रु १६ लाख बराबरको अवैध सामान बरामद गरेको छ । वैशाख ६ र ७ गते जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा अवैध रूपमा भन्सार छलेर चोरी पैठारी गरेको रु मूल्य १५ लाख ९० हजार १५५ बराबरको सामान बरामद गरेको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएका सामान, सवारीसाधनलाई पशु क्वारेन्टाइन कार्यालय तथा मानिसलाई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।
उनका अनुसार प्रहरीले बरामद गरेका सामानमा भैँसी, पाडी, घरायसी प्रयोजनका भाडा, कपडा, ब्रोइलर कुखुरा, केरा, अङ्गुर, चुकन्दर, कटहर, फर्सी, सेतो अण्डा, पेय पदार्थ, विभिन्न किसिमका पटका, दैनिक उपभोग्य वस्तु मोटरसाइकल, पिकअप गाडीलगायत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई दिने बिदा पुनर्विचार गर्दै कोशी प्रदेश
-
सीमा विवादमा बेलायतको इन्ट्रीदेखि प्रधानमन्त्री बालेनको भारत भ्रमणबारे परराष्ट्रमन्त्रीले के भने ?
-
गाजा युद्धविराम कार्यान्वयनबारे हमास र प्यालेस्टिनी पक्षबिच वार्ता
-
रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
-
रास्वपा बैतडीको सभापतिमा नाथ
-
सभामुखसहित संसदीय टोलीद्वारा टीकापुर पार्क अवलोकन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण