शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

सल्यानमा विद्युत्‌को तार सर्ट भई आगलागी हुँदा वृद्धको मृत्यु

मङ्गलबार, ०८ वैशाख २०८३, १८ : ३६
मङ्गलबार, ०८ वैशाख २०८३

सुर्खेत । सल्यानमा विद्युत्‌काे तार सर्ट भएर आगलागी हुँदा एक वृद्धको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा बागचौर नगरपालिका–४ नमुना मोहर बस्तीका ७० वर्षिय मोतिराम ओली रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार मंगलबार अपराह्न १६ः५० बजेको समयमा सो गाउँका ४० वर्षीय भद्र बहादुर घर्तीको बाख्राको खोरमा विद्युत्‌काे तार सर्ट भई एक्कासी आगलागी भएको थियो ।

उक्त आगलागीमा परी सोही खोरमा सुतिरहेका मोतीरामको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता रमेश खत्रीले बताए ।

‘सोही खोरमा रहेका ३५ वटा लोकल कुखुरा समेत जलेर नष्ट भएका छन्,’ उनले भने।

घटनाबारे स्थानीय सरगम घर्तीले टेलिफोन मार्फत जानकारी गराए पश्चात् इलाका प्रहरी कार्यालय सिमखोली, सल्यानबाट प्रहरी सहायक निरीक्षक निरज खत्रीको कमाण्डमा ४ जनाको प्रहरी टोली खटिगई स्थानीयको सहयोगमा ५ः३० बजे आगो नियन्त्रणमा आएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप