ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा बेल्जियमले ट्युनिसियामाथि ५–० को फराकिलो जित दर्ता गरेको छ ।
खेल अवधिभर बलियो पकड बनाएको बेल्जियमका लागि पाँच फरक खेलाडीले गोल गरे ।
खेलको २८औं मिनेटमा लेआन्द्रो ट्रोसार्डले गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० को अग्रता बनाएको बेल्जियमले दोस्रो हाफमा थप आक्रामक प्रदर्शन गर्दै चार गोल थप्यो ।
खेलको ५३औं मिनेटमा चार्ल्स डे केटेलेरेले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि ६२औं मिनेटमा ट्युनिसियाका इस्माएल घार्बीले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि ट्युनिसिया १० खेलाडीमा सीमित हुन पुग्यो । १० खेलाडीमा समेटिएको ट्युनिसियाविरुद्ध बेल्जियमले थप दबाब सिर्जना गर्यो ।
खेलको ६५औं मिनेटमा केभिन डी ब्रुइनाले गोल गर्दै स्कोर ३–० पुर्याए । खेलको अन्तिम समयतिर बेल्जियमले दुई मिनेटको अन्तरालमा थप दुई गोल गर्यो । ८५औं मिनेटमा डोडी लुकेबाकियो र ८७औं मिनेटमा निकोलस रास्किनले गोल गर्दै बेल्जियमलाई ५–० को जित दिलाए ।
ट्युनिसियाका स्माइली घार्बीले ६२औं मिनेटमा रातो कार्ड बेहोरेका थिए ।
यसअघि बेल्जियमले क्रोएसियालाई २–० गोलअन्तरले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण