अछाममा सुस्त मनस्थितिकी महिलामाथि जबरजस्ती करणी
धनगढी । अछाममा ३० वर्षीया एक सुस्त मनस्थितिकी महिलालाई जबरजस्ती करणी गरी गर्भवती बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–२ घर भएका ५८ वर्षीय राजन फुयाँल शर्मा रहेका छन्।
प्रहरीका अनुसार मंगलसेन नगरपालिकाकी ती महिला गर्भवती भएको भन्ने सूचनाका आधारमा गस्तीमा खटिएको प्रहरी टोलीले गत वैशाख ५ गते उनीबारे जानकारी प्राप्त गरेको थियो।
राम्रोसँग बोल्न नसक्ने ती महिलालाई प्रहरीले तत्कालै उद्धार गरी ओसिएमसी मार्फत स्वास्थ्य परीक्षण गराएको थियो। स्वास्थ्य परीक्षणको रिपोर्टमा निजको पेटमा ७ हप्ताको गर्भ रहेको पुष्टि भएको थियो।
गर्भ रहेको पुष्टि भएपछि प्रहरीले पीडित महिलालाई सेफ हाउसमा राखी काउन्सिलिङ र सोधपुछ गरेको थियो। सोही क्रममा शङ्कित व्यक्तिहरूमाथि गोप्य अनुसन्धान गर्दा गाउँकै एक विद्यालयको निर्माणाधीन भवनमा लेबर काम गर्ने कामदारले उनलाई ललाई–फलाई भवनभित्र लगी जबरजस्ती करणी गरेको खुलेको थियो।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार अभियुक्त शर्माले गत फागुन १६ गते निर्माणाधीन भवनमा करणी गरेको अनुसन्धानबाट खुलेको छ।
काम सकेर निर्माण साइट छाडिसकेका शर्मालाई हुलियाको आधारमा खोजतलास गर्दा प्रहरीले वैशाख ७ गते मंगलसेन–५ बाट नियन्त्रणमा लिएको हो।
पीडित महिलाले अभियुक्तको सनाखत गरेपछि वैशाख ८ गते पीडितकी नातामा भाउजू पर्ने व्यक्तिमार्फत जाहेरी दर्ता गरिएको छ।
हाल पीडित र अभियुक्त दुवैको विस्तृत स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालय अछामबाट थप कानुनी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् दोस्रो लाङटाङ ट्रेल रन
-
अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
-
'खान सर'विरुद्ध एफआईआर दर्ता, पक्राउको सम्भावना
-
उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेन: पूर्वअर्थमन्त्री पाण्डे
-
संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण