यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेशको संयोजकमा पुनः श्रेष्ठ निर्विरोध निर्वाचित
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आज सुनसरीको धरानमा सम्पन्न सातौँ प्रदेश अधिवेशनबाट कोशी प्रदेश समिति निर्विरोध चयन भएको छ ।
अधिवेशनले सरोज श्रेष्ठको संयोजकत्वमा नयाँ प्रादेशिक कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलले जानकारी दिए ।
सिटौलाका अनुसार,‘एकता र सहकार्य’ को सन्देश दिँदै नयाँ कार्यसमिति चयन गरिएको हो । नयाँ कार्यसमितिको सह–संयोजकमा टंकप्रसाद ढवाडी, सचिवमा नेत्रबहादुर थापा र कोषाध्यक्षमा हरि थापा चुनिएका छन् ।
त्यसैगरी, कार्यसमितिको खुल्ला सदस्यहरूमा कृष्णबहादुर कार्की, दुर्गाराम अर्याल, दिनेश सिटौला, गोपाल बराल, कमलराज दाहाल, रुद्रबहादुर बराल, भरत खतिवडा र ओमभक्त मैनाली चयन भएका छन् ।
समितिको वर्गीय सदस्यहरूमा मिलन विश्वकर्मा, हिमाल पाण्डे, विष्णुप्रसाद दुलाल र इन्द्रबहादुर बस्नेत निर्वाचित भएका छन् भने महिला सदस्यमा मन्दिरा चौधरी चयन भएकी छन् ।
नवनिर्वाचित समितिले कोशी प्रदेशका यातायात व्यवसायीका हकहित र यस क्षेत्रमा रहेका समसामयिक चुनौतीहरूको समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएको छ । निर्वाचन प्रक्रिया सर्वसम्मत रूपमा सम्पन्न हुनुले व्यवसायीहरूबिच बलियो एकता रहेको पुष्टि गरेको वरिष्ठ उपाध्यक्ष सिटौलाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यव्यवस्था नभएपछि प्रमुख सचेतकहरूको बैठक आह्वान
-
भुक्तानी सेवामा भारतसँग तीन वर्षअघिको सम्झौता कार्यान्वयन, के के हुन्छ सहज ?
-
भारतीय अभिनेता राकेश बेदी काठमाडौँमा
-
विश्व खाद्य सुरक्षा दिवस : भोजमा ३० प्रतिशतभन्दा बढी खाना फालिन्छ
-
सदनको गतिरोध अन्त्यका लागि ५ दिनसम्म भएन पहल
-
किन बारम्बार पार्टनरको फोनमा जान्छ नजर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण