ट्राफिक प्रहरीद्वारा काठमाडौँमा पछिल्लो २४ घण्टामा २३ लाख २० हजार राजस्व सङ्कलन
काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकहरूमाथि कडाइ गर्दै ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा रु २३ लाख २० हजार राजस्व सङ्कलन गरेको छ ।
उपत्यकामा पछिल्लो समय बढ्दो सवारी चाप, अव्यवस्थित यातायात र दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै विशेष अभियान सञ्चालन गरिँदा यस्तो उल्लेखनीय परिणाम देखिएको जनाएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो चौबिस घण्टामा उपत्यकाका विभिन्न स्थानहरूमा व्यापक चेकजाँच सञ्चालन गरी उक्त अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने कूल दुई हजार ६४० जना चालकलाई कारबाही गरिएको छ ।
कारबाहीमा परेकामध्ये मादक पदार्थ सेवन गरेर सवारी चलाउने १०१ जना, सवारीसाधनको अवस्था ठीक नभएका ३९ जना, रातो बत्ती उल्लङ्घन गर्ने १८० जना, तीव्र गतिमा सवारी चलाउने ८७ जना, लेन मिच्ने २७६ जना, ढोका खुल्ला राखेर सवारी चलाउने ८२ जना, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने ५२ जना, यात्रु चढाउने–ओराल्ने नियम उल्लङ्घन गर्ने ५५ जना तथा अन्य विभिन्न कसुरमा एक हजार ७९० जना रहेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले बताए ।
पछिल्लो समय सवारी दुर्घटनाका घटनाहरू बढ्दै गएकाले ट्राफिक प्रहरीले ‘सेफ ड्राइभिङ’ अभियानलाई अझ प्रभावकारी बनाएको र यसअन्तर्गत मुख्य चोक, व्यस्त सडकखण्ड तथा दुर्घटना सम्भावित क्षेत्रहरूमा विशेष निगरानी बढाइएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी परिचालन
-
खैरो हेरोइनसहित एक जना पक्राउ
-
निःशुल्क विश्वकप हेर्न खोज्दा ११५ जनाले गुमाए २ करोड २९ लाख
-
झलनाथ खनालको आह्वान : वामपन्थी एकतालाई दीर्घकालीन रूपमा अघि बढाऔँ
-
प्रतिनिधि सभाबाट दुई विधेयक पारित, पूरा भयो बजेट प्रक्रिया
-
बजेट असारभित्रै पारित हुन्छ, सरकार ढल्दैन : मुख्यमन्त्री शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण