बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘स्ट्रेट अफ हर्मुजमा बिच्छ्याइएको बारुदी सुरुङ हटाउन ६ महिना लाग्न सक्छ’

बिहीबार, १० वैशाख २०८३, १५ : ०७
बिहीबार, १० वैशाख २०८३

सारांश

  • इरानले स्ट्रेट अफ हर्मुजमा विच्छ्याएका बारुदी सुरुङहरू हटाउन करिब ६ महिना लाग्न सक्ने अमेरिकी रक्षा मन्त्रालयको मूल्याङ्कन छ।
  • जलमार्ग अवरुद्ध हुँदा विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ र अर्थतन्त्रमा गम्भीर असर परेको छ।
  • इरानले उक्त क्षेत्रमा प्रयोग गरेका जीपीएस जडित अत्याधुनिक बारुदी सुरुङहरूका कारण सफाइ कार्य थप चुनौतीपूर्ण बनेको छ।

काठमाडौँ । स्ट्रेट अफ हर्मुजमा इरानले बिच्छ्याएको बारुदी सुरुङहरू पूर्ण रूपमा हटाउन करिब ६ महिना लाग्न सक्ने अमेरिकी रक्षा मन्त्रालयको एउटा मूल्याङ्कनले देखाएको छ ।

यसले विश्व बजारमा कच्चा तेलको भाउ उच्च राख्न सक्ने विश्लेषण गरिएको छ । फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेयता इरानले स्ट्रेट अफ हर्मुजको जलक्षेत्र अवरुद्ध गरेको छ ।

यो मार्ग भएर विश्वमा खपत हुने झन्डै २० प्रतिशत तेल तथा ग्यास जान्थ्यो । आपूर्ति अभावकाबिच इन्धनको मूल्य तीव्र रूपमा बढेको छ भने विश्व अर्थतन्त्रमा असर परेको छ ।

युद्ध समाप्त भएर नाकाबन्दी हट्यो नै भने पनि जलमार्गमा राखिएका बारुदी सुरुङहरू सफा गर्न महिनौँ लाग्न सक्ने बताइएको छ । पेन्टागनको मूल्याङ्कनअनुसार यस्तो सफाइ अभियान युद्ध अन्त्य नहुँदासम्म सुरु हुने सम्भावना कम छ । 

रिपोर्ट अनुसार इरानले उक्त क्षेत्रमा २० वा सोभन्दा धेरै बारुदी सुरुङहरू बिच्छ्याएको हुनसक्ने बताइएकाे छ । जसमा केही जीपीएस प्रविधिबाट टाढाबाट सञ्चालन गर्न मिल्ने खालका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप