आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

भारतीय सहयोगमा नयाँ भवन निर्माण सुरु, मुख्यमन्त्री कार्कीद्वारा शिलान्यास

बिहीबार, १० वैशाख २०८३, २१ : ३७
बिहीबार, १० वैशाख २०८३

झापा । झापाको गौरादह नगरपालिका–१ स्थित श्री जनता माध्यमिक विद्यालयको नयाँ भवन निर्माण प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, काठमाडौँस्थित भारतीय राजदूतावासकी काउन्सलर गीताञ्जली ब्रान्डन र गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीले आज एक विशेष समारोहबिच संयुक्त रूपमा विद्यालय भवनको शिलान्यास गरेका हुन् । 

भारत सरकारको करिब ५ करोड ८० लाख नेपाली रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको यो भवन उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत निर्माण हुन लागेको हो । यस परियोजनाको कार्यान्वयन र रेखदेख गौरादह नगरपालिकाले गर्नेछ । 

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले नेपालको शैक्षिक र पूर्वाधार विकासमा भारत सरकारले निरन्तर गर्दै आएको सहयोगको प्रशंसा गरे । नयाँ बन्ने आधुनिक संरचनाले गौरादह क्षेत्रका विद्यार्थी र शिक्षकहरूका लागि सिकाईको गुणस्तरीय वातावरण तयार पार्ने र यसले स्थानीय शिक्षाको स्तर उकास्न ठुलो सहयोग पुर्‍याउने विश्वास कार्यक्रमका सहभागीहरूले व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप