पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
भोजपुर । भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा भोजपुर–चखेवा सडक पूर्णरूपमा बन्द भएको छ । भोजपुर नगरपालिका–५, बोखिमस्थित चाल्से खोल्सामा शनिबार राति आएको बाढीले मोटरेबल पुल बगाएपछि उक्त सडक खण्डमा यातायात सेवा ठप्प बनेको हो।
बहाव तीव्र भएका कारण बाढीले पुल बगाएको स्थानीयले बताए । पुल बगेसँगै मध्यपहाडी लोकमार्गसँग जोडिने यो सडक खण्ड अवरुद्ध हुँदा दैनिक आवतजावतमा समस्या भएको छ । उक्त सडक बन्द भएपछि स्थानीय उत्पादन बजारसम्म पुर्याउन समस्या भएको छ ।
सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए।
“बाढीले पुल बगाएपछि वैकल्पिक उपाय खोज्दै छौँ, अस्थायी रूपमा सडक सञ्चालन गर्ने प्रयासमा छौँ”, उनले भने।
सडक डिभिजन कार्यालय तुम्लिङटारले प्राविधिक टोली खटाएको जनाएको छ। टोलीले क्षतिको स्थलगत अध्ययन गरिरहेको र अस्थायी रूपमा सडक सञ्चालन गर्ने विकल्पबारे छलफल गरिरहेको छ । डोजर तथा अन्य उपकरण प्रयोग गरी सडक मर्मत तथा वैकल्पिक बाटो निर्माणको प्रयास भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यव्यवस्था नभएपछि प्रमुख सचेतकहरूको बैठक आह्वान
-
भुक्तानी सेवामा भारतसँग तीन वर्षअघिको सम्झौता कार्यान्वयन, के के हुन्छ सहज ?
-
भारतीय अभिनेता राकेश बेदी काठमाडौँमा
-
विश्व खाद्य सुरक्षा दिवस : भोजमा ३० प्रतिशतभन्दा बढी खाना फालिन्छ
-
सदनको गतिरोध अन्त्यका लागि ५ दिनसम्म भएन पहल
-
किन बारम्बार पार्टनरको फोनमा जान्छ नजर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण