बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अमेरिका र इरानले जहाज कब्जा गर्नु अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन : आईसीएस

आइतबार, १३ वैशाख २०८३, १५ : ३७
आइतबार, १३ वैशाख २०८३

सारांश

  • • इन्टरनेशनल चेम्बर अफ शिपिङ (आईसीएस)ले अमेरिका र इरानबीच व्यापारिक जहाज कब्जा गर्ने कार्यको कडा निन्दा गरेको छ।
  • • आईसीएसले जहाजका चालक दललाई तत्काल रिहा गर्न माग गर्दै यसलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भनेको छ।
  • • इरानले स्ट्रेट अफ हर्मुजमा शुल्क उठाउन खोज्नु र अमेरिकी नाकाबन्दीका कारण ढुवानी कम्पनीहरूमा थप अनिश्चितता सिर्जना भएको छ।

काठमाडौँ । अन्तर्राष्ट्रिय शिपिङ क्षेत्रको एक प्रमुख संस्था इन्टरनेशनल चेम्बर अफ शिपिङ (आईसीएस)ले अमेरिका र इरानबिच प्रतिशोधात्मक रूपमा व्यापारिक जहाज कब्जा गर्ने कदमको कडा निन्दा गरेको छ । 

संस्थाले दुवै देशलाई तुरुन्तै जहाजका चालक दललाई रिहा गर्न माग गरेको छ ।समुद्री कामदारहरूलाई कुनै पनि डर वा हस्तक्षेप बिना स्वतन्त्र रूपमा आफ्नो व्यवसाय गर्न दिनु पर्ने बताउँदै आईसीएका समुद्री निर्देशक जोन स्टपर्टले अल जजिरासँगको कुराकानीमा यो घटनालाई अन्तर्राष्ट्रिय कानुनमा रहेको नौसञ्चालन स्वतन्त्रताको उल्लङ्घन भनेका छन् ।

व्यापारी जहाजहरूले केवल व्यापारिक सामान ढुवानी गर्ने काम गर्छन्, तर तिनीहरूलाई राजनीतिक उद्देश्यका लागि कब्जा गर्नु अस्वीकार्य भएको उनी भन्छन् । “यी निर्दोष नाविकहरू हुन्, उनीहरूलाई बिना डर आफ्नो काम गर्न दिनुपर्छ,” उनले भने । स्टेट अफ हर्मुज प्रयोग गर्ने जहाजसँग शुल्क उठाउने इरानी चाहनाको अन्तर्राष्ट्रिय कानुनमा कुनै आधार नभएको पनि उनले बताए । यसले खतरनाक उदाहरण स्थापित गर्ने उनी भन्छन् । हर्मुजमा शुल्क उठाउने हो भने जिब्राल्टरको वा मलाक्कामा यस्तो किन गर्ने भन्दै उनले प्रश्न गरेका छन् ।

इरानले स्ट्रेट अफ हर्मुज ठप्प पारेको छ । यस्तोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानी बन्दरगाहहरूमा लगाएको नाकाबन्दीले ढुवानी कम्पनीहरूमा थप अनिश्चितता ल्याएको छ ।

अवस्था कस्तो छ भन्ने थाहा नभएको अनि इरानले कस्ता कस्ता जहाजलाई निशाना बनाइरहेको छ भन्ने पनि थाहा नभएको पनि उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप