आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

तेह्रथुम उद्योग वाणिज्य सङ्घको अध्यक्षमा श्रेष्ठ

सोमबार, १४ वैशाख २०८३, ०० : ५०
सोमबार, १४ वैशाख २०८३

तेह्रथुम । तेह्रथुम उद्योग वाणिज्य सङ्घको अध्यक्षमा तारावीर श्रेष्ठ निर्वाचित भएका छन् ।

आइतबार सम्पन्न सङ्घको १२औँ जिल्ला अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय समिति निर्विरोध निर्वाचित गरेको निर्वाचन समितिका संयोजक नरेश ढुङ्गानाले बताए । सङ्घको वरिष्ठ उपाध्यक्षमा राजन खत्री, प्रथम उपाध्यक्षमा धर्मसिं खड्का, द्वितीय उपाध्यक्षमा लोमनाथ ढुङ्गाना, महासचिवमा शरदमणि दाहाल, सचिवमा दुर्गानारायण भण्डारी र कोषाध्यक्षमा रोशन श्रेष्ठ निर्वाचित भएका छन् ।

यस्तै सदस्यमा दिलबहादुर विष्ट, जीवन ढकाल, लालबहादुर लोहार, विमला फोम्बो, चन्द्रप्रकाश ढुङ्गाना, चिरञ्जीवी खनाल, रिवाज राई र सुरजकुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको संयोजक ढुङ्गानाले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप